Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेससँगको सहकार्यबारे माओवादी केन्द्र गम्भीर, राष्ट्रियसभा अध्यक्ष नछाड्ने संकेत


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १६ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रमा कांग्रेससँगको सहकार्यबारे सोच्न माग उठेको छ । पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले कांग्रेससँगको सहकार्यबारे सोच्न माग गरेका हुन् ।

माओवादी केन्द्रमा हालै सकिएको सत्तासाझेदार दल नेपाली कांग्रेसको महासमिति बैठकको समीक्षा भएको हो । बैठकमा बोल्ने सबैजसो स्थायी कमिटी सदस्यहरूले नेपाली कांग्रेस दक्षिणपन्थी बाटोमा लागेको भन्दै कांग्रेससँगको सहकार्यबारे सोच्नुपर्ने धारणा राखेका थिए । बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रवक्तासमेत रहेका पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने, ‘हालै सम्पन्न नेपाली कांग्रेस महासमिति बैठकमा चलेको चर्चाहरूको बारेमा पनि छलफल भयो, त्यही विषयसँग जोडिएर राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिन नहुने विषयमा साथीहरूका धारणा आए । यसबारेमा बुधबारको बैठकले अन्तिम निर्णय लिन्छ ।’

गत फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा चलेको कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले आउँदो निर्वाचनमा गठबन्धन गर्न नहुने प्रतिवेदन ल्याएका थिए । यो प्रस्ताव कांग्रेस महासमितिले पारित गरिसकेको छ ।

माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष नछाड्ने संकेत गरेको छ । अधिकांश सदस्यहरूले राष्ट्रियसभा अध्यक्षको पदमा पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अडान राख्नुपर्ने सुझाव दिएका छन् । अधिकांश स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने धारणा राखेको प्रवक्ता रापकोटोले बताए । ‘हामीले प्रस्तुत सबै एजेण्डाका बारेमा बृहत् छलफल गर्‍यौँ, निष्कर्षमा पुगिसकेका छैनौँ । पार्टी अभियान सञ्चालन र आगामी योजनाका बारेमा, वर्तमान राष्ट्रिय परिस्थितिबारे पनि अलि बढी छलफल भयो,’ उनले अगाडि भने, ‘यसमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनबारे छलफल भयो । अधिकांशले राष्ट्रिय सभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ ।

स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद छोड्न नहुने भन्दै अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको पार्टी सचिव दिनानाथ शर्माले बताए । ‘माओवादी राष्ट्रिय सभामा ठूलो दल हो, अब सहमतिअनुसार प्रधानमन्त्री छोड्नैपर्छ, त्यसपछि हामी संवैधानिक परिषद्मा शून्यको स्थितिमा पुग्छौँ, त्यसो गर्नुहुँदैन । राष्ट्रियसभा अध्यक्ष अनिवार्य हामीले लिनैपर्छ,’ उनले भने ।

स्थायी समिति सदस्यका कुरा ध्यानपूर्वक सुन्नुभएका अध्यक्ष प्रचण्डले कुनै प्रतिक्रिया नजनाएको स्थायी समितिका एक सदस्यले बताए । राष्ट्रियसभा अध्यक्षको चुनाव आगामी फागुन २९ गते हुँदै छ । राष्ट्रिय सभाको चुनावअन्तर्गत कोशीमा माओवादीकी चम्पा कार्की पराजित भएपछि माओवादी केन्द्र कांग्रेससँग रुष्ट छ । राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अघि सार्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४