Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १५ २०८०
  • 2.6K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. फागुन १५, २०८० । ई.सं. 27 Feb, 2024 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ सिल्लागा । पिङ्गल उत्तरायण शिशिर । मंगलबार फाल्गुण कृष्णपक्ष । तिथि तृतीया २३:४२ बजेसम्म, त्यसपछी चतुर्थी ।नक्षत्र हस्त ०५:३९ बजेसम्म, त्यसपछी चित्रा । योग शूल १५:१३ बजेसम्म, त्यसपछी गण्ड । करण वणिज १०:४४ बजेसम्म, त्यसपछी भद्रा २३:४२ बजेसम्म, त्यसपछी वव । चन्द्रराशि कन्या । आनन्दादि योग सौम्य । दिनमान ११:२९ । सूर्योदय ६:३३ । सूर्यास्त १८:०२ भद्रा १०:४४ देखि २३:४२ सम्म । लदिपूजा (माझी समुदाय) । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला। कृषि, पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने देखिन्छ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विभिन्न अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। लाभांश खर्च भए पनि व्यापार बढ्नेछ। प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ। विभिन्न अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। शुभचिन्तकहरूको साथ भने पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा प्रतीक्षा गरिएको काम बन्न सक्छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। तर लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ। अवसर पाइनेछ तर अद्यावधिक ज्ञान अभावले काममा पछि परिनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्जा बढे पनि धन प्राप्त हुनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
ठूलो उपलब्धि प्राप्त गर्न केही कुरा गुमाउनुपर्ने हुन सक्छ। काममा लगानी बढाउनुपर्ला। मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउनेछ। सोखले जीवनशैली खर्चिलो हुनेछ। तापनि विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। फाइदा कमै भए पनि तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ। प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च भने बढ्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४