Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रसूति गृहबाट शिशु चोरीको आरोपमा ३ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १२ २०८०
  • 4.5K
    SHARES

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भइ काठमाडौको काँडाघारीमा डेरा गरी बस्ने मनीषा सिंहसहित उनकी दिदी र श्रीमान रहेका छन् ।

शुक्रबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट शिशुलाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो ।

विवाह गरेको लामो समय हुँदा पनि सन्तान नभएपछि मनीषाले शिशु चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रसूतिगृहबाट शिशु चोरी गरेपछि आधा बाटोमा उनकी दिदीसमेत शिशु लिन पुगेकी थिइन् । शिशु लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराइएको थियो ।

शिशुको उद्धार गरिएपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ । काभ्रेको चौरीदेउराली घर भएका कपन निवासी सविना श्रेष्ठको शिशु शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४