Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लघुवित्त पीडित र प्रहरीबीच बालुवाटारमा झडप, प्रदर्शनकारी घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ११ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । राजधानी केन्द्रीत आन्दोलनमा रहेका लघुवित्त पीडितहरु र प्रहरीबीच शुक्रबार झडप भएको छ ।

बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन गर्न गएका पीडितहरुलाई प्रहरीले हस्तक्षेप गर्दा झडपको अवस्था आएको हो ।

सिफल चौधरबाट मार्चपास गर्दै बालुवाटार पुगेका हजारौंको संख्यामा रहेका पीडितहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो । भडपबाट दर्जनांै प्रर्दशनकारी घाइते भएका छन् भने प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले ज्यादती गरेको भन्दै प्रदर्शनकारीहरुले निशेधका लागि राखिएको बार फालिदिएका थिए । विभिन्न जिल्लाबाट मुग्लिनमा भेला भएका उनीहरु मुग्लिनबाट सात दिनको पैदल यात्रा गर्दै काठमाडौं आएका थिए । सिफलचौरलाई मुकाम बनाएर बसेका उनीहरुले दैनिक प्रदर्शन र धर्ना दिंदै आएका छन् ।

शनिबारदेखि प्रधानमन्त्री निवास बालुवाटार घेर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४