Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोपीकृष्ण सिनेमा हल फागुन १ देखि बन्द हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २६ २०८०
  • 4.2K
    SHARES

काठमाडौं । गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो ।कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जनाएका छन् ।

२८ वर्षअघि स्थापना भएको यो हल नेपाली फिल्म प्रदर्शनको इतिहास बोकेको हल हो । वरिष्ठ चलचित्रकर्मी उद्धव पौडेलले स्थापना गरेको यो हलको मुख्य संरचना कोरोना लकडाउनपछि भत्काइएको थियो । कुल सात हलबाट भत्काएर दुई अडिटोरियम मात्र बाँकी थियो । बाँकी दुईवटा हल पनि बन्द गर्ने निर्णय लिइएको हो ।

सुरुमा गोपीकृष्णमा १८ सयभन्दा बढी दर्शक क्षमता थियो । प्रबन्ध निर्देशक पौडेल फिल्म नचलेको भनिएको दिनमा पनि अकुपेन्सी ६० प्रतिशत हुने गरेको सम्झिन्छन् । बलिउड फिल्म ‘राजा हिन्दुस्तानी’ एक महिनासम्म हाउसफुल चलेको स्मरण उनको छ । ‘बाहुबली २’ रिलिज हुँदा सातवटै हाउसफुल थिए ।नेपाली फिल्म निर्माताका लागि गोपीकृष्ण राम्रो कमाइ दिने स्रोत पनि थियो । प्रत्येक शुक्रबार र शनिबार गोपीकृष्णको बाल्कोनीमा पुगेर कलाकारले दर्शकलाई अभिवादन गर्थे । फिल्मवृत्तमा यो हलको प्रभाव यतिसम्म थियो कि कुन फिल्म हिट र कुन फिल्म फ्लप भन्ने निर्धारण यो हलको कलेक्सनले गर्थ्यो ।

गत महिना काठमाडौं महानगरले कर तिर्न ताकेता गरेको थियो । कर तिराउन भन्दै महानगरका अधिकृतहरु हलमै पुगेर एक साताभित्र तिर्न ताकेता गरेका थिए । स्थानीय कर र चलचित्र विकास बोर्डको शुल्कप्रति असन्तुष्टि जनाउँदै चलचित्र संघको आह्वानमा गत सोमबार देशभरका हल बन्द रहेका थिए ।

संघका अनुसार पहिले ४५० हल रहेकोमा अहिले आएर मुलुकमा डेढ सय जति मात्र हल छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४