Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालले क्यानडाविरुद्ध ब्याटिङ गर्दै, सूर्य र रिजनको डेब्यू


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २५ २०८०
  • 2.6K
    SHARES

काठमाडौं । नेपालले क्याानडासँग पहिलो ओडिआई खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै छ । टीयु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी छन् ।

दुवै टोलीले सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रिएका छन् ।

नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गरेका छन् । क्यानडाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायिके छन् । नेपालका पूर्व सफल प्रशिक्षक दसानायिकेलाई नेपालको कन्डिसन, खेलाडीको कमजोरी र बलियो पक्ष दुवै थाहा छ ।

नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ । करण केसी र गुलशन झा यस सिरिजमा छैनन् ।

दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४