काठमाडौँ । उत्कृष्ट खेलाडी हुँदा हुँदै पनि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सम्बन्धित निकायको गैर जिम्मेवार र चरम लापरबाहीले गर्दा यो पालिका पदक विहिन नहोला भन्न सकिन्न।
कारणहरू: १)सर्वप्रथम त यस पालिकाका जनप्रतिनिधि,प्रशासन र सम्बन्धित निकाय खेल जगतप्रति अनविज्ञ हुनु। २)अहिलेसम्म अहोरात्र खटिएका विद्यालयका खेल प्रशिक्षकलाई दुई कौडीको नठान्नु। ३)टाउकोले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले टाउको हल्लाउने गरेको। ४) खेलाडीहरुलाई बन्दक बनाएर मात्र बन्द प्रशिक्षण सफल हुँदैन,सम्बन्धित खेलका खेल प्रशिक्षकको व्यवस्था नगरी यथोचित तालिम र सीप नसिकाएको। ५)केही विद्यालयका प्रधानाध्यापक र वि.व्य.स. अध्यक्षको हैकमवादी प्रवृत्ति र केहीको दासी मनोवृत्ति हावी हुँदै जानु।
६)खेलाडीहरू बिच मनमुटाव र विवाद हुने प्रबल सम्भावना को बारेमा अग्रिम जानकारी हुँदा समयमै त्यतातिर ध्यान नदिएको,जब२/४ पटक झगडा र विवाद भइसकेपछि धम्क्याएर यो खबर सम्बन्धित विद्यालय र अभिभावकलाई खबर गरेमा खेलबाट निकाल्ने आदेश दिएको। ७) सञ्चारको दुनियाँमा पनि खेलाडीको मोबाइल कब्जा गरी १०/१२ दिन सम्म संपर्क विहिन बनाएको। ८)प्रतिकूल मौसम(जाडो) मा पनि खेलाडीलाई उचित पोशाक (ट्र्याग सुट)आदिको व्यवस्था नगरी स्कुलकै जर्सीमा बिहान खेल खेलाएको। ९)मनोमानी ढंगले बिचमा प्रशिक्षक तथा अफिसियल राखेको।
