Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजदेखि यू १९ क्रिकेट विश्वकप सुरु हुँदै, नेपालको पहिलो खेल आइतबार


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ५ २०८०
  • 3.7K
    SHARES

काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । भविष्यका स्टार जन्माउने यू–१९ विश्वकपको यो १५औं संस्करण हो ।

सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो ।

विश्वकपका खेलहरु पोचेस्ट्रुम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना हुँदैछ ।

यू१९ विश्वकपमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकपमा आज दुई खेल हुँदैछ । समूह ‘ए’ मा रहेका आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा रहेका दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच खेल हुनेछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

फाइनल खेल ११ फेब्रुअरीमा हुनेछ ।

नेपालले पनि ८ वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गर्दैछ । नेपालले पहिलो खेल आउने आइतबार न्युजिल्याण्डसँग खेल्नेछ ।

यू १९ विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

जस अनुसार समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड छन् ।

यस्तै समूह ‘सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाव्वे र नामिबिया तथा समूह ‘डी’ मा नेपाल र न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान छन् ।

चार एसोसिएट राष्ट्र नेपाल, स्कटल्याण्ड, नामिबिया र अमेरिकासहित न्युजिल्याण्ड छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन् ।

प्रतियोगिताको फर्म्याट परिवर्तन

यस पटक प्रतियोगिताको फर्म्याटमा केही परिवर्तन गरिएको छ । सुरुमा लिग चरणको खेल हुनेछ र हरेक समूहमा शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

समूह चरण पार गर्ने १२ टोलीलाई सुपर सिक्स चरणमा दुई समूहमा विभाजन गरिनेछ । जहाँ समूह ‘ए’ र समूह ‘डी’ का ३–३ टिम सुपर सिक्समा एक समूहमा हुनेछन् भने समूह ‘बी’ र समूह ‘सी’ का ३–३ टोली सुपर सिक्समा अर्को समूहमा हुनेछन् ।

समूह चरणमै खेलिसकेको टिम विरुद्ध सुपर सिक्समा खेल्नुपर्ने छैन । तर आफ्नै समूहबाट सुपर सिक्समा पुगेका टिमसँगको खेलको नतिजा भने गणना हुनेछ ।

सुपर सिक्सको दुई समूहको शीर्ष २–२ टोली सेमिफाइनल पुग्नेछन् ।

यस पटक यू १९ विश्वकपका सबै ४१ वटा खेल टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुने आईसीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४