Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनपछि कस्तो बन्दैछ राष्ट्रियसभा ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २७ २०८०
  • 2.9K
    SHARES

काठमाडौं । अब राष्ट्रिय सभाको दलीय हैसियत परिवर्तन हुने भएको छ । प्रतिनिधिसभामा ३२ सीटसहित तेस्रो ठुलो दल रहेको माओवादी केन्द्र राष्ट्रियसभामा पहिलो दल बन्ने भएको हो ।

माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनपछि माओवादी केन्द्र ठुलो दल बन्ने भएको हो । राष्ट्रिय सभामा अहिले माओवादीका १६ सांसद छन् । ३ जना बिदा हुँदा माओवादीले ६ थपेर आफ्नो सांसद संख्या १९ पुर्‍याउनेछ ।

त्यस्तै अहिले १० सांसद रहेको कांग्रेस ४ जना बाहिरिँदा १० थपेर १६ पुर्‍याएर दोस्रो दल बन्दैछ । त्यस्तै नेकपा एमालेका १७ सांसद मध्ये ९ जना बाहिरिएपछि ८ सिटमा सीमित हुने छ । यस निर्वाचनमा एमालेले कुनै सिट जित्ने सम्भावना रहेको छैन । त्यस्तै एकीकृत समाजवादीका अहिले ८ सांसद रहेका छन्, जसमा २ जना बाहिरिँदा २ जना नै थपिने छन् । अब यस निर्वाचनपछि राष्ट्रिय सभामा एमाले र एकीकृत समाजवादीको सिट बराबर हुने छ ।

तत्कालीन नेकपा विभाजनपछि वामदेव गौतम कुनै पनि पार्टीमा लागेका छैनन् । अहिलेसम्म स्वतन्त्र हैसियतमा रहेका उनले राष्ट्रियसभा चुनावपछि एमाले र एसमध्ये जुन पार्टी रोज्छन्, त्यही नै तेस्रो ठूलो दल हुनेछ । उनी स्वतन्त्र नै रहिरहे एमाले र नेकपा एस दुवै ८-८ सीटसहित समान हैसियतमा रहनेछन् ।

राष्ट्रिय सभामा जसपाका तीन सांसद छन् । एक सांसदको पद रिक्त हुँदै छ भने एकजना नै थपिँदै छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा लोसपा, जनमोर्चा, स्वतन्त्र र राष्ट्रपतिबाट मनोनीत एक-एक सांसद रहेका छन् । अब राष्ट्रपतिले मनोनीत गर्ने एक सिट खाली रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४