पुष्कर खड्का
काठमाडौ । गणेश हिमाल तराइको यातायात प्रा.लि को बसले यात्रुलाई दुर्ववहार गरेको छ। टिकट बुकिङ काउन्ट चाबहिलबाट टिकट लिएका यात्रुलाई गन्तव्यसम्म नलगि धुलिखेलमा लगेर दुरब्यबार गरेको उक्त बसका यात्रुले जानकारी दिएका छन् ।
चाबहिलबाट खिजिफलाटेको लागि छुटेको बा ५ ख ४२४२नम्बरको बसले धुलिखेलमा बस रोकेर यात्रुलाई हाम्रो बस यहाँबाट जादैन भन्दै उक्त बसमा रहेका यात्रु ओखलढुंगा को खिजिदेम्बाका लाक्पा सेर्पालाई गालिगलोज गर्दै भाडा फिर्ता नगरी धुलिखेलमै बसबाट ओराल्दिएको बताएका छन् ।
सेर्पाको जानकारी अनुसार टिकट लिएको बसमा दुर्ववहार भए पछि सोही रुटमा चल्ने पुर्व अरनिको यातायात प्रा.लि को बा ५ ख ५८१७ नम्बरको बस चढेर गन्तव्यसम्म गएको सेर्पाले गुनासो गरेका छन् । सडक संचालन भयपछी यस रुटमा पुर्व अरनिको यातायात प्रा.लि. को बसले निरन्तर सेवा दिरहेको सेर्पाले बताएका छन् ।
ओखलढुंगाको खिजि देम्बा गाउँपालिकाको खिजिफलाटे र चम्पादेबी गाउँपालिकाको फेदिगुठ सम्म केही समय देखि गणेश हिमाल तराइले पुर्व अरनिको यातायात सग प्रतिस्पर्धा गर्ने भन्दै मन्लाग्दी भाडा लिदै हिडेको र ग्रामीण भेगका कच्ची सडकमा यक अर्काबिच प्रतिस्पर्धा गर्दा यात्रागर्ने यात्रीले थप जोखिम मोलेर यात्रागर्नु परेको यात्रीहरुको गुनासो गरेको अरनिको यातायात प्रा.लि का व्यवासायीहरुले जानकारी दिएका छन् ।