पुष्कर खड्का
रामेछाप । संविधान सभा सदस्य दालकुमारी सुनुवारकाे निधन भएकाे छ । नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा सुनुवारको शनिबार निधन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका अध्यक्ष भरत वाइबाले जानकारी दिनु भयो ।
उहाँको जानकारी अनुसार जिल्लामा साहसी महिला एंव समाजसेवी भनेर पहिचान बनाएकी र राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य तथा सुनुवार सेवा समाजकी सङ्घीय सल्लाहकार समितिकी सदस्य हुन्।
दालकुमारीकाे अन्तिम श्रद्धाञ्जलीकाे लागि उनकाे पार्थिव शरीर आइतबार १० बजे राप्रपाको केन्द्रीय कार्यालयमा र दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा लगेर अत्यष्टी गरिने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष वाइबाले जानकारी दिनु भयो ।