Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वरिष्ठ पत्रकार भैरव रिसालको निधन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २३ २०८१
  • 3.8K
    SHARES

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ ।

दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । रिसालको राति पौने ८ बजे निधन भएको उनका माइला भाइ पुरू रिसालले पुष्टि गरे ।

रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान लागिएको हो ।

छोरी सुष्मा रिसालका अनुसार पाटन स्वास्थ विज्ञान प्रतिष्ठानमा लैजाने तयारी छ ।

भैरव रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान लागिएको हो ।

९७ वर्षीय पाका पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका पत्रकार रिसाल राससमा अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध रहे ।

रेडियो सगरमाथाको स्थापनाकालदेखि संलग्न पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्थे भने उहिले बाजेका पालामा नामक कार्यक्रम चलाउथे ।

उनी रासससबाट प्रमुख संवाददाता भएर अवकाश भएका थिए ।

पत्रकार रिसालले आफ्नो देहावसानपछि शरिरलाई मेडिकल अध्ययन प्रयोजनका लागि दान दिने घोषणा गरेका थिए ।

उनी जयतु संस्कृतम आन्दोलनमा पनि सक्रिय थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४