Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको लिखु तामाकोसी गाउँपालिका- ७ तिल्पुङका वडाध्यक्ष काठमाडौबाट पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १२ २०८०
  • 115K
    SHARES

पुष्कर खड्का
रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिखु तामाकोसी गाउँपालिका वडा नं – ७ तिल्पुङका वडा अध्यक्ष कैलाशकुमार दर्लामीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका उपाध्यक्ष दर्लामीलाई बिहीबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । सहकारी ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएपछि दर्लामी गाउँ छाडेर काठमाडौं गई लुकीछिपी बस्दै गरेको अबस्थामा प्रहरीले बिहीबार काठमाडौं बाट पक्राउ गरेको हो।

प्रहरीको अनुसार काठमाडौंबाट पक्राउ गरिएका दर्लामीलाई पोखरा लगिँदै छ । उहाँलाई आज राति नै पोखरा पुर्‍याइने कास्की प्रहरीले जनाएको छ । दर्लामीलाई कास्की प्रहरीको अनुरोधमा काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

सहकारीको रकम हिनामिनामा रास्वपा अध्यक्ष रवि लामिछाने समेतको संलग्नता देखिएको उक्त सहकारी ठगीको आरोपमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । त्यसमध्ये सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् । उनी कास्की कारागारमा पूर्पक्षका लागि थुनामा छन् ।

पूर्वअध्यक्ष गितेन्द्रबाबु राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् । प्रहरीले राईसहित जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा पूर्वअध्यक्ष जीबी राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न पत्राचार पुस ६ मा पत्राचार गरिसकेको छ । सो सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ हिनामिना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४