Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा अहिले खाल्डाखुल्डी छैन : मन्त्री ज्वाला


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २ २०८०
  • 2.8K
    SHARES

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गर्नुभएको छ ।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने बताउनुभयो ।

मन्त्री ज्वालाले तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा धेरै अघि बढ्न सकिने बताउनुभयो । उहाँले तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुन आवश्यक रहेको र सरकार त्यसका लागि तयार रहेको बताउनुभयो ।

मन्त्री ज्वालाले काठमाडौं उपत्यकालाई धुलो रहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनउने कुरामा आफू सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४