Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

छोरी गंगाका कारण प्रचण्डको पद जोखिममा !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २८ २०८०
  • 4.4K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले २० मङ्सिरमा एकाएक राजीनामा दिए । गजुरेलको राजीनामाले पार्टी र सरकारमा खैलाबैला छायो । हुन त, गजुरेलले दसैँअघि नै राजीनामा दिने मुड बनाएका थिए । तर खै किन हो उनले राजीनामा दिने मिति मंसिर २० नै पाए । गजुरेलले मुख्य राजनीतिक सल्लाहकारबाट किन राजीनामा दिए भन्ने पूर्ण जानकारी त उनैले पनि दिएका छैनन् । यद्यपि उनले प्रधानमन्त्री प्रचण्डसँग नीतिगत असहमति रहेको भने बताएका छन् । गजुरेलको राजीनामा नीतिगत कारण मात्रै होइन, प्रचण्डकी छोरी गंगा दाहाल प्रमुख कारण रहेको राजनीतिवृतमा चर्चा छ ।

गंगाकै कारण गजुरेलको सिन्धुलीमा प्रतिनिधिसभाको चुनावमा टिकट खोसिएको थियो । त्यसले गर्दा गंगाले गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको भूमिकामा पनि खुम्च्याउने प्रयास गरेकी थिइन् । त्यसपछि पछिल्ला दिनमा गंगाको भूमिकामाथि सार्वजनिक वृत्तमै प्रश्न उठ्न थालेपछि गजुरेल थप रुष्ट भएको बताइन्छ । यद्यपि, त्यसलाई गजुरेलले कारण बनाएका छैनन् । प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारले नै राजीनामा दिएपछि अहिले सरकार र प्रचण्डको आलोचना गर्नेहरू बढेका छन् ।

यता, स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री प्रचण्डको छोरी तथा प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालमाथि विभिन्न आरोप लगाएका छन् । उनले दाहालले विभिन्न विषयमा व्यापारीहरूसँग पैसा लिने गरेको आरोप लगाएपछि प्रचण्डको थप आलोचना भइरहेको छ । कुन व्यापारीसँग कुन-कुन विषयमा कति पैसा लिएको भन्ने प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गर्दै मिडिया अपुष्ट अडियो नै सार्वजनिक गरेका छन् अमरेशले । अमरेश सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुन-कुन व्यापारी सङ कुन-कुन मामिलामा कति रकम बुझेका छिन त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।

छोरी गंगा दाहालकै कारण प्रधानमन्त्री प्रचण्ड यति आलोचित हुनु उचित होइन । सुशासनको बाजा बजाएर कुशासनको कलङ्क बोकेका प्रधानमन्त्री प्रचण्डप्रतिको जनताको यति धेरै असन्तुष्टि छकी राजनीतिक विश्लेषक त प्रचण्डले अब थेग्नै नसक्ने बताउँछन् । विश्लेषक डा.सुरेन्द्र केसी भन्छन्, ‘प्रचण्डको नारा सुशासन छ, काम जति सबै कुशासन मात्रै छ । यस्तो बेला जनतामा निराशा नभएर के हुन्छ त ? प्रधानमन्त्रीको यति आलोचना कसरी थेगेका छन् उनैले जानुन् । जनता मात्रै नभई सत्तारुढ गठबन्धन, हुँदाहुँदा अहिले त माओवादीभित्रै पनि प्रचण्डको नेतृत्वलाई लिएर असन्तुष्टि छताछुल्ल हुँदैछ ।

सशङ्कित प्रचण्ड
सत्ता गठबन्धनको पातलिएको बैठक पछिल्लो एक सातामा तीन पटक बस्यो । चौतर्फी घेराबन्दीमा परेको प्रधानमन्त्री प्रचण्ड आफैँले महसुस गर्नु कतै यो गठबन्धन फेरबदलको प्रयास भइरहेको त छैन भन्ने आशङ्का उब्जाएको छ । गठबन्धन नफुट्ने आत्मविश्वासमा देखिएका प्रचण्ड गत सोमबार पार्टी कार्यालय पेरिस डाँडा पुग्दा भने सरकार ढाल्ने र गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको भन्दै सशङ्कित देखिन्थे ।

उनले भनेका थिए, ‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन लाग्यो यो सरकारले भनेर सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको छ । राम्रा काम दबाइदिने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादीहरू, अवसरवादीको काम हो । हाम्रो काम सच्चाई अघि ल्याउने हो । यता प्रचण्डलाई जोगाइ राख्न सत्ता बार्गेनिङको शक्तिकेन्द्रका रुपमा बनाइएको समाजवादी मोर्चा पनि निष्क्रिय भएको छ ।

मोर्चाको एक घटक नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेतृविक्रम चन्द विप्लवविरुद्ध नै पक्राउ पुर्जी जारी भएपछि प्रचण्ड अर्को तनावमा छन् । प्रचण्डकै हितैषी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नयाँ समीकरणको खोजीमा हिँडेका छन् । यसले प्रचण्ड प्रधानमन्त्री पद अब लामो समयसम्म नरहने राजनीतिक विश्लेषकहरू बताउँछन् । विश्लेषक केसी भन्छन्, ‘प्रचण्डको कार्यशैली यस्तै हो भने अब लामो समय उनी पदमा नरहन सक्छन् । गठबन्धनको साथ पाइरहे त रहलान्, तर गठबन्धनमै उपगठबन्धन बन्न थालेका छन्, यसको भारी प्रचण्डलाई महँगो पर्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४