Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिम बागलुङवासीलाई उत्तरगङ्गा आयोजनाको आश


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २६ २०८०
  • 3.5K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेश हुँदै गण्डकी प्रदेश प्रवेश गर्दै थिए । ओली दुई प्रदेशको सिमाना बागलुङको निसीखोला गाउँपालिका पातीहाल्नेमा स्वागत गर्न बसेकाको मनमा भने हिजोका दुःख, आजको अवस्था र भोलीको चिन्ताले पिरोलेको देखिन्थ्यो ।

पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रामा हिँड्नुभएका ओलीलाई निसीखोलावासीले खुलेर स्वागत गरेका थिए भने गाउँपालिकाको विकास निर्माणका विषयमा ध्यानाकर्षण गराए । उनीहरुको पहिलो प्रश्नसहितको माग थियो ‘उत्तरगङ्गा जलाशययुक्त आयोजना रोकिनुका कारण के हो ? छिटो बन्नुपयो, यो हाम्रो समृद्धिको आधार हो ।’

लोकमार्ग निर्माण हुनुपूर्व निसीखोलावासी तीन दिन पैदल हिँडेर सदरमुकाम बागलुङ बजार आउनुपर्थ्यो । सडक सञ्जाल नहुँदा जिल्लाकै दुर्गम निसी–भलकोटबाट प्रशासनिकदेखि धेरै कामका लागि तीन दिनको पैदल यात्रा गरेर बागलुङ बजार आउने सर्वसाधारणको दैनिकी लोकमार्ग बनेपछि फेरिएको हो ।

‘मध्यपहाडी नआएको भए सडक देख्न नौलो हुन्थ्यो’, नीसिखोला–४ झिवाखोलाका मिलन हमालले भने, ‘हाम्रा लागि लोकमार्ग लाइफलाइन हो ।

लोकमार्ग बनेपछि भने पश्चिम बागलुङका निसी–भलकोट क्षेत्र सुगम बन्दै गएको छ । कालोपत्र सडक लोकमार्गलाई आधार बनाएर सयौँ पहुँचमार्ग तयार भएका छन् । निसीखोला गाउँपालिकाको मुख्य सडकखण्ड नै मध्यपहाडी लोकमार्ग हो ।

जिल्ला सदरमुकाम र पूर्वी रुकुमसँग सिधा सडक सञ्जालमा जोडिएपछि दुर्गमको परिचय नै बद्लिएको छ ।

‘लोकमार्गले हामीलाई सुगम बनायो । अब हाम्रो समृद्धिको अर्को आयाम उत्तरगङ्गा हो’, स्थानीय जुनविक्रम शाहीले भने, ‘यहाँका धेरै विकासका बाटा ठूला आयोजनाले खुल्छन् ।’

पूर्ववडाध्यक्षसमेत रहेका शाहीले कालोपत्र सडकका कारण निसीका जनतालाई जिल्ला, प्रदेश र सङ्घीय राजधानीसँग जोड्ने माध्यम बनेको बताए । उनले पहिले प्रशासनिक र पुस्तक खरिद गर्न सदरमुकाम जानुपर्ने बाध्यता लोकमार्गले सहज भएको बताए ।

बागलुङको पश्चिम भेगका लागि अहिले प्रशासनिक (नागरिकता, पासपोर्ट) र मालपोतको लागि ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारबाटै सेवा प्रवाह हुँदै आएको छ । बैंक, नागरिकता र मालपोतको कामका लागि निसीबाट पैदल एक दिनमा पुगिने बुर्तिबाङ अहिले लोकमार्गका कारण यातायातमा १५ मिनेटमा पुग्न सकिने स्थानीय बताउँछन् ।

सडक सञ्जालकै कारण निसीमा बजारीकरण विस्तार हुँदै गएको छ । सडक बनेपछि निसीमा सञ्चार सेवा पनि विस्तार भएको छ । लोकमार्गले गाउँलाई सुगम बनाउँदा बजारीकरण बढ्दै गएको शाहीले बताए ।

‘लोकमार्गको छेउमा बजार बनेका छन्’, उनले भने, ‘पहिले पाखो रहेका स्थानमा अहिले बजार विस्तार भएपछि खाद्यान्न, लत्ताकपडा खरिदका लागि बुर्तिबाङ र बागलुङ बजार जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

बागलुङमा लोकमार्गको एक सय ४१ किलोमिटर खण्ड पर्छ । त्यसमध्ये काठेखोला गाउँपालिकाको अक्षेतेदेखि घोडाबाँधे खण्डको १४ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । लोकमार्गले बागलुङका १० स्थानीय तहमध्ये बागलुङ, गलकोट र ढारेपाटन नगरपालिकाका साथै काठेखोला, बडिगाड र निसीखोला गाउँपालिकालाई जोडेको छ ।

लोकमार्ग सदरमुकामदेखि निसीको पातिहाल्ने (रुकुमको सिमाना) सम्म जोडिएको छ । बुर्तिवाङ बजारलाई सरकारले मध्यपहाडी लोकमार्ग पर्ने १० वटा नमुना सहरका रुपमा विकास गर्न थालेको छ । नमुना सहरका रुपमा बुर्तिबाङ बजारमा ढल, सडक, बसपार्कको काम भइरहेको छ ।

जिल्लाका अन्य स्थानीय तह पनि लोकमार्ग पहुँचबाट धेरै टाढा छैनन् । लोकमार्गले नछोएको स्थानीय तहमा कालीगण्डकी करिडोर विस्तार भएको छ । ताराखोला, तमानखोला र बरेङ गाउँपालिकाले नजिकको स्थानबाट लोकमार्गसम्म पहुँच मार्ग विस्तार गरेका छन् ।

बागलुङ बजारको उपल्लचौरदेखि सुरु भएको लोकमार्गले निसीको पातिहाल्नेसम्म पुग्दा काठेखोलाको अक्षते, बिहुँ रिजालचोक, घाँडाबाँधे, गलकोटको हटिया, बडिगाडको खर्वाङ, खौरा, खारा, न्वारा, भीमगिठे, हाँडिखोला, रिघाफेदी, ढोरपाटन नगरपालिकाको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको देविस्थान, ढुँवाखोर, झिँवाखोला, जुग्जाखोला, कानाबगर, बडावनखोला, निसी, भल्कोट क्षेत्रमा बजारीकरण विस्तार भएको छ ।

पूर्वको चिवाभञ्ज्याङदेखि पश्चिमको बैतडी झुलाघाटसम्म जोड्ने लोकमार्गको सबैभन्दा धेरै खण्ड बागलुङमा पर्छ । २४ जिल्ला र दुई सय २५ बस्ती जोड्ने लोकमार्गको एक हजार सात सय ८६ किलोमिटरमध्ये सबैभन्दा बढी एक सय ४१ किलोमिटर खण्ड बागलुङमा पर्छ । ट्र्याक खोलिएको २४ वर्ष पूरा भइसक्दा लोकमार्गको एक सय २८ किलोमिटर कालोपत्र भएको छ भने १४ किमी सडक अझै कालोपत्र हुन सकेको छैन ।

पश्चिम बागलुङको भुगोलले दुर्गम भन्ने परिचय बदलेको लोकमार्ग जस्तै नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने भनिएको आठ सय २६ मेगावाट क्षमताको उत्तरगङ्गा जलाशययुक्त आयोजनाको आशामा पश्चिमवासी छन् ।

‘उत्तरगङ्गा तयार हुँदा जिल्लाकै विकासको अवस्था माथि पुग्छ । रोजगारी, अवसर, उत्पादन धेरै विषयमा यसको प्रभाव रहन्छ’, गण्डकी प्रदेशसभाका निर्वतमान सदस्य इन्द्रलाल सापकोटाले भने, ‘उत्तरगङ्गामा देखिएको प्राविधिक समस्या सरकारले सुल्झाउनुपर्छ । सके पूर्ण नभए क्षमता घटाएर भए पनि आयोजना सञ्चालन हुनुपर्छ ।

ढोरपाटन सिकार आरक्ष क्षेत्रमा जलाशय तयार गरेर निसीखोलामा पानी निकाल्दा कालीगण्डकी जलविद्युत् आयोजनालाई समेत सहयोग पुग्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४