Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पशुपतिमा यस्तो छ बालाचतुर्दशीको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २४ २०८०
  • 3.1K
    SHARES

काठमाडौं । बालाचतुर्दशीका लागि पुशपति क्षेत्रमा बिहानै भक्तजनको भिड बढ्न थालेको छ । भोलिको बालाचतुर्दशीका लागि पुशपति क्षेत्रमा बिहानै भक्तजनको भिड बढ्न थालेको छ । दिवङ्गत पितृका नाममा महादीपदान गर्न भक्तजनको भिड लाग्न थालेको हो ।

मंसिर कृष्ण पक्षको त्रयोदशीको दिन बेलुका पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । आज रातभर जाग्राम बसेर भोलि बिहान दीप बाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न ठाउँमा शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास छ ।

पशुपति क्षेत्रमा बाला चतुर्दशी मेलाका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ । कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने सम्भावनालाई मध्यनजर गरी बहुुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ ।

यसैगरी छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ । राति बस्ने भक्तजनको सुविधाका लागि पर्याप्त पाल र अस्थायी शौचालयको समेत व्यवस्था गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । जथाभाबी फोहर नगर्न र तोकिएको ठाउँमा मात्रै शतबीज छर्न उनको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४