Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘कान्तारा २’ टिजर : ऋषभ शेट्टीको शिवजी अवतार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ११ २०८०
  • 4K
    SHARES

काठमाडौं । सन् २०२२ मा रिलिज भएको भारतीय फिल्म ‘कान्तारा’ को प्रिक्वेल ‘कान्तारा : च्याप्टर १’ को टिजर सार्वजनिक भएको छ । निर्माता हम्बेल पिक्चर्सले टिजर भिडियो सार्वजनिक गर्दै लेखेको छ, ‘भगवानको भूमिमा पाइला चाल्नुहोस् । यो प्रकाश नयाँ दर्शन हो ।’

फस्टलुकमा अभिनेता तथा निर्देशक ऋषभ शेट्टी भगवान शिवको अवतारमा देखिएका छन् । टिजरमा उनको लुकको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । निर्माताले टिजर सात भाषा (कन्नड, हिन्दी, तेलुगू, तमिल, मलायालम, बंगाली र अंग्रेजी)मा रिलिज गरेका छन् । यो फिल्म सात भाषामा पनि रिलिज हुने अपेक्षा गरिएको छ । टिजरबाहेक निर्माताले पोस्टर पनि सेयर गरेका छन् । जसमा ऋषभ एक हातमा त्रिशूल र अर्को हातमा बञ्चरो लिएको रुपमा देखिएका छन् । ‘कान्तारा च्याप्टर १’ मा ऋषभ र सप्तमी गौडा मुख्य भूमिकामा हुनेछन् । यसबाहेक उर्वशी रौतेला, किशोर जस्ता कलाकार पनि देखिनेछन् ।

यसअघि ‘कान्तारा’ सन् २०२२ मा भारतमा चौथो धेरै कमाउने फिल्म बनेको थियो । साथै, ‘केजीएफ २’ पछि कन्नड सिनेमाको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म पनि बन्यो ।

रिपोर्टलाई विश्वास गर्ने हो भने ‘कान्तारा’को प्रिक्वेलको बजेट पहिलो भागभन्दा सात गुणा बढी छ । जहाँ यसको पहिलो भाग मात्र १६ करोड भारुमा बनाइएको थियो । प्रिक्वेलको बजेट १२५ करोड भारु अनुमान गरिएको छ ।

फिल्मको प्रिक्वेल पञ्जुर्ली दैवाको कथामा केन्द्रित हुनेछ । यसअघि कान्तारामा पञ्जुर्ली र गुलिया नामका दुई देवताको उल्लेख छ । फिल्मले कर्नाटकको ग्रामीण क्षेत्रमा मनाइने दैव कोला प्रथालाई पनि चित्रण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४