Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजिव श्रेष्ठ रैफ्टिङ तथा क्यानोइङ संघको निर्विरोध अध्यक्ष


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १० २०८०
  • 4.6K
    SHARES

काठमाडौं । नेपाल रैफ्टिङ तथा क्यानोइङ संघको अध्यक्षमा राजीव श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न संघको पाँचौं चुनावी साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

श्रेष्ठ यसअघि करिब तीन वर्ष संघको कार्यवाहक अध्यक्षको भूमिकामा हुनुहुन्थ्यो । रैफ्टिङ तथा क्यानोइङ संघमा आउनुअघि श्रेष्ठ नेपाल बक्सिङ संघ ( हाल नेपाल बक्सिङ महासंघ) को नेतृत्वमा हुनुहुन्थ्यो । नेपाल ओलम्पिक कमिटीका पूर्व सहमहासचिव समेत रहिसक्नुभएका श्रेष्ठ नेपाली खेलकुदमा हक्की एवं जुझारु खेलकर्मीको रुपमा परिचित हनुुहुन्छ ।

साधारणसभाले सूर्यप्रसाद जोशीलाई संघको वरिष्ठ उपाध्यक्ष तथा गोविन्दप्रसाद थपलिया र महेन्द्रसिंह थापालाई उपाध्यक्षद्वयमा चयन गरेको छ ।

यस्तै सुदीपराज गौतमले महासचिव, सुनिल अर्यालले सचिव र महेश थापाले कोषाध्यक्षको जिम्मेवारी पाउँदा रिता अधिकारी, दीपक भुजेल, निमबहादुर मगर, कुमार श्रेष्ठ, रुनिका डंगोल र कौशिला प्रधान सदस्यमा चयन हुनुभयो ।

नवनिर्वाचित पदाधिकारीहरुलाई साधारणसभाका प्रमुख निर्वाचन अधिकृत एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख मीनकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गर्नुभएको साधारण सभामा ४ प्रदेशबाट ८ तथा केन्द्रबाट २४ गरी ३२ प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४