Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपाको माग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर ८ २०८०
  • 3K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार विरोध प्रदर्शनको तयारीमा रहेका मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै उनीहरुको रिहाइको माग गरेको छ ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले शुक्रबार साँझ प्रेस विज्ञप्तिले यस्तो माग गरेका हुन् ।

संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिक माथि प्रशासनिक दमन, धरपकड भएको दाबी गर्दै राप्रपाले विरोध गरेको छ । ‘प्रशासनको निशानामा राप्रपाका नेता, कार्यकर्तालाई पारिनु, प्रदर्शनमा सहभागी नभएकालाई समेत खोजीखोजी पक्राउ गरिनु दुःखद, आपत्तिजनक र विडम्बनापूर्ण छ’ विज्ञप्तिमा उल्लेख छ ।

आफ्ना मागहरु लिएर सडकमा ओर्लिएकालाई घर बाहिर निस्कन नदिने, प्रदर्शन स्थलमा पुग्नु अगावै सुरक्षाकर्मीले कार्यक्रम स्थलमा कब्जा जमाउने, सडकपेटीमा हिडिरहेका नागरिकलाई गिरफ्तार गर्ने जस्ता कार्य भएको राप्रपाले विज्ञप्तीमा लेखेको छ ।

यस्ता गतिविधि संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार र सामाजिक न्यायको सिद्धान्त विपरित रहेको भन्दै अगाडि भनिएको छ, ‘दमन र धरपकड समस्याको समाधान होइन र हुनै सक्दैन । यस्ता अलोकतान्त्रिक गतिविधि तत्काल रोक्न एवं संविधान र प्रचलित कानुनले नागरिकलाई प्रदान गरेको अधिकारको रक्षाका लागि राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४