Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ५ २०८०
  • 4.8K
    SHARES

काठमाडौं । सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको छ ।

१७ वर्ष बितिसक्दा न शान्ति सम्झौताले पूर्णता पायो न त द्धन्द्वपीडितले नै न्याय पाउन सके ।

शान्ति सम्झौता ६ महिनामा टुंग्याउने प्रतिवद्धता जनाएका राजनीतिक दलहरुले १२ वर्षसम्म पनि पीडितका भावनालाई सम्बोधन गर्न सकेका छैनन् ।

तत्कालिन विद्रोही माओवादी पार्टीले चलाएको १० वर्षे सशस्त्र युद्धलाई शान्तिपूर्ण अवतरण गराउन २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो ।

सम्झौताको १७ वर्ष पुरा हुँदा पनि द्वन्द्व व्यवस्थापनका महत्वपूर्ण पक्षहरुको भने अभैm सम्बोधन हुन सकेको छैन ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको शान्ति सम्झौतामा ६ महिनाभित्र द्वन्द्वसंग सम्बन्धित सवै विषयको टुुंगो लगाउने उल्लेख थियो ।

तर, शान्ति सम्झौताको ८ वर्षपछि मात्र सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठन भयो ।

आयोग गठन भएको चार वर्ष वितिसक्दा पनि पीडितले अझै न्याय पाउन सकेका छैनन् । दलहरुले विगतको प्रतिवद्धतालाई बिर्सदा द्वन्द्वपीडितका समस्या भने झनै जटिल बन्दै गएका छन् ।

द्वन्द्व निरुपण गर्न बनेको सत्यनिरुपण तथा मेलमिलाप आयोगमा अहिले करिब ६० हजार र बेपत्ता छनविन आयोगमा झण्डै ३ हजार उजुरी परेका छन् । उजुरीको अझै सुनुवाइ नहुँदा सरकारका प्रतिवद्धतालाई पत्याइ हाल्ने अवस्था छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४