Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारत र अष्ट्रेलिया भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ३ २०८०
  • 4.3K
    SHARES

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दैछन् ।

खेल भारतको अमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै भारत तथा दक्षिण अफ्रिकालाई पाखा लगाउँदै अष्ट्रेलिया फाइनलमा पुगेका हुन् ।

दक्षिण अफ्रिकामा सन् २००३ को विश्वकपपछि यी दुई टोली पहिलोपटक फाइनलमा आमने–सामने हुँदैछन् ।

जारी प्रतियोगितामा भारतले सबै १० खेल जितेको छ । समूह चरणका सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको अष्ट्रेलिया पनि त्यसयताका आठ खेलमा जित निकालेर फाइनलमा पुगेको हो ।

विश्वकप क्रिकेटमा अस्ट्रेलिया सर्वाधिक सफल टिम हो । अस्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्वकपको उपाधि जितेको छ । भारतले दुई पटक मात्रै उपाधि उचालेको छ ।

अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको छ भने भारतले सन् १९८३ र २०११ मा उपाधि जितेको छ ।

यसपटक आफ्नै भूमिमा भइरहेको विश्वकप प्रतियोगितामा भारत तेस्रो उपाधिको खोजीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४