Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप क्रिकेटको सेमिफाइनलमा आज भारत र न्यूजिल्याण्ड भिड्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २९ २०८०
  • 6.1K
    SHARES

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ ।

आज हुने पहिलो सेमिफाइनल खेलमा आयोजक भारतले न्यूजिल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे मुम्बईको वाङ्खडे रंगशालामा सुरु हुनेछ ।

आईसीसी प्रतियोगितामा अहिलेसम्म भारत र न्युजिल्याण्डबीच १० खेल भएका छन् । जसमध्ये पाँच खेलमा न्युजिल्याण्ड र ४ खेलमा भारत विजयी हुँदा १ खेल रद्द भएको छ । जारी विश्वकपको लिग चरणमा भारतले न्यूजिल्याण्डलाई हराएको थियो ।

न्युजिल्याण्डविरुद्धको सेमिफाइनल भारतका लागि इंग्ल्याण्डमा सन् २०१९ को विश्वकपको सेमिफाइनलमा भएको हारको बदला लिने मौकाका रूपमा पनि छ ।

समुह चरणका लगातार ९ खेल जितेको भारत उच्च लयमा छ । न्युजिल्याण्डले भने लिग चरणमा पाँच खेलमा जित र चारमा हार व्यहोरेको थियो ।

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा भोलि अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४