Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इजरायलले दियो लेबनानलाई धम्की


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २६ २०८०
  • 5.3K
    SHARES

काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ ।

लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरलल्लाहले इजरायलविरोधी अभिव्यक्ति दिएपछि इजरायलका रक्षामन्त्री योआब गेलेन्टले बेरुतको पनि गाजाको जस्तै हालत बनाइदिने चेतावनी दिएका हुन् ।

रक्षामन्त्री गेलेन्टले हिजबुल्लाह गम्भीर गल्तीको नजिक पुगेकाले यसको परिणाम लेबनानका नागरिकले भोग्ने चेतावनी दिएका छन् ।

अहिले गाजामा जे गरिरहेका छौं, त्यस्तो बेरुतमा कसरी गर्ने भन्ने कुरा राम्रो संग थाहा भएको प्रतिक्रिया गेलेन्टले दिएका छन् ।

इजरायल विरोधी देश र समूहहरुले इजरायललाई आक्रमण रोक्न दबाब दिँदै आएका छन् । आक्रमणको विरोध गर्दै हिजबुल्लाहले लेबनानको तर्फबाट इजरायलमा आक्रमण जारी राख्ने बताएका छन् ।

हिजबुल्लाहका नेता हसन नसरल्लाहले इजरायलले युद्ध अपराध गरेको अभिव्यक्ति दिएकाछन् । हिजबुल्लाहका नेताको भनाई सार्वजनिक भएपछि इजरायलले कडा प्रतिक्रिया जनाएको हो ।

इजरायलले प्यालेस्टिनी जनताको विद्रोह दबाउन खोजेको तर उसको उद्देश्य पूरा नहुने भन्दै नसरल्लाहले नयाँ पुस्ताले इजरायलको झन् बढी विरोध गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४