Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज धनतेरस, यि हुन् बिर्सेर पनि किन्न नहुने वस्तु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २४ २०८०
  • 5.1K
    SHARES

काठमाडौँ । आज धनतेरस । हालैका वर्षहरूमा नेपालमा पनि धनतेरसलाई धूमधामसँग मनाउन लागिएको छ । यो दिनमा सबैले केही न केही किन्छन् ।

यो दिनलाई वर्षभरिमै खरदारी गर्नको लागि उत्तम दिन मानिन्छ । त्यसैले महिनौँदेखि यही दिनमा किन्ने भनेर मान्छेहरूले खरिदारी साँचेर राख्ने गरेको पनि भेटिन्छ ।

यो दिनमा गरगहना, बाहन, कुचो किन्दा देवी लक्ष्मीको कृपा सधैँ रहन्छ भन्ने मान्यता छ । धनतेरस हरेक वर्ष कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइन्छ । यो वर्ष धनतेरस नोभेम्बर १० को मध्याह्नदेखि नोभेम्बर ११ को मध्याह्नबिच छ । यो दिनमा प्रायःले केही न केही किन्छन् । तर यो दिनमा किन्न नहुने केही चिज पनि छन् ।

धनतेरसमा कुन ५ पहेँलो वस्तु किन्दा धन समृद्धि आउँछ र वर्षभरि आशिष् रहिरहन्छ ।

सुनः यस दिन सुनका गहना किन्ने चलन पनि छ । सुन लक्ष्मी र वृहस्पतिको पनि प्रतीक भएकोले सुन किन्ने चलन छ । यो पहेंलो रंगको धातु हो।

पीतलको भाँडोः यस दिन पीतलका भाँडाहरू किन्नु पर्छ किनभने पीतल भगवान धन्वंतरीको धातु हो। पीतल किन्दा घरमा स्वास्थ्य, सौभाग्य र स्वास्थ्यको दृष्टिले शुभफल प्राप्त हुन्छ । पीतल गुरुको धातु हो। यो धेरै शुभ छ। बृहस्पति ग्रहको शान्तिको लागि पीतलको प्रयोग गरिन्छ।

धनिया (धनियाको गेडा): पहेंलो धनिया किन्नु धेरै शुभ हुन्छ। धनिया पनि बृहस्पति ग्रहको कारक हो। यस दिन सुख्खा धनियालाई पिसेर गुड़ मिसाएर ‘नैवेद्य’ बनाइन्छ ।

कौडाः कौडा पुरानो समयमा सिक्काको रूपमा प्रचलित थियो। भनिन्छ, समुन्द्र मन्थनका बेला लक्ष्मी जी प्रकट भएकी थिइन्, उनीसँगै कौडा पनि थिए । धनतेरसको दिन गाई पहेँलो नभएको खण्डमा बेसारको घोलमा पहेंलो बनाउनुहोस्। त्यसपछि तिनीहरूको पूजा गर्नुहोस् र तिनीहरूलाई आफ्नो तिजोरीमा राख्नुहोस्।

सखरः देशी सखर वा पहेंलो रङको मिठाई किन्नुहोस्। यस बाहेक यस दिन दीपावलीको पूजाका लागि लक्ष्मी गणेशको पहेँलो रंगको मूर्ति, पहेँलो रंगोली, पहेँलो माटोको खेलौना, झाडु आदि किन्नुहोस्।

ती वस्तु किन्दा देवी लक्ष्मी रुष्ट हुने अनि घरमा दरिद्रता आउने बताइन्छ ।

सिसाको भाँडा : धनतेरसको दिनमा किन्न नहुने सामान भनेको सिसाको भाँडाकुँडा हो । यस्तो गर्दा देवी लक्ष्मी र धनका देवता कुवेर दुवै रिसाउने अनि घरमा दरिद्रता आउने बताइन्छ ।

फलामको वस्तु : धनतेरसको दिनमा फलामबाट बनेको सामान किन्नु चाहिँ फिटिक्कै हुन्न । विशेष गरी फलामले बनेको काट्ने वा धारिलो सामानहरू । फलामको सम्बन्ध राहु केतुसँग छ । यो दिनमा फलामले बनेको सामान किन्नु हुन्छ भने तपाईंमा अशुभ प्रभाव पर्छ ।

तेल–घ्यू : यो दिनमा विशेष गरी तेल वा घ्यू किन्नै हुन्न । यो दिनमा तेल किन्दा देवी लक्ष्मी रिसाउने बताइन्छ । अनि धन हानी हुने सम्भावना पनि बढ्छ । तपाईंलाई तेल वा घ्यू चाहिएको छ भने धनतेरसको एक दिन अगावै किन्नुस् । यो दिनमा नकिन्नुस् ।

कालो कपडा : यो दिनमा किन्नै नहुने अर्को वस्तु कालो कपडा पनि हो । कालो रंग शनिसँग सम्बन्धित छ । तपाईंले धनतेरसको दिनमा कालो कपडा किन्नु भयो भने तपाईंको कुन्डलीमा शनी देव हाबी हुने अनि तपाईंमाथि अशुभ प्रभाव पर्ने बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४