Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नायक दावा फिन्जो तामाङको चलचित्र यात्रा शुरु कसरी भयो ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ३० २०८०
  • 3.5K
    SHARES

काठमाडौं । सर्वप्रथम मेरो चलचित्र यात्रा मिति २०६२/६३ साल मेरो आफ्नै गाउँ रसुवाको गोल्जुङमा छायांकन भएको तामाङ फिल्म #गोदेवा देखि सुरु भएको हो।
गोदेवा फिल्म पस्चात पुर्न आफ्नै गाउँ बस्तिमा छायांकन #केवा अर्थात (जन्म ) तिङ्ग ला जो,टुहुरा ल ल्हुई चु दुखि जिवन र नेपाली फिल्ममा २०७० मा छायांकन भएको नेपाली फिल्म #मङ्गोलियन हर्ट, #राम साइली , हुँदै #अभियान फिल्म सम्मको यात्राले धेरै साथीभाइ चिन्ने मौकाहरु पाएका कुरा कुनै दुईमत रहेन, त्यस् पश्चात् २०७४ मा राष्ट्रिय संगीत कर्मी संघ रसुवाको अध्यक्षमा निर्बिरोध भयो ।

२०७४ देखि राष्ट्रिय संगीत कर्मी संघ रसुवाको यात्रा २०७९ सम्म रही पहिलो र दोस्रो अधिबेशन बाट पनि निर्बिरोध अध्यक्ष भए पछि रसुवाको कलाकारहरुको नेतृत्व गर्दै गर्ने क्रममा राष्ट्रिय स्तरका कलाकारहरु र रसुवाको स्थानीय कलाकारहरु अनि तामाङ समुदाय र गैर तामाङ समुदाय बिच एक अर्का परिचय गराउनुको साथै मेरो जन्म जिल्ला रसुवाको कला संस्कृति र पहिचानलाई प्रचारप्रसार गर्ने मौकाहरु पाएकोमा अत्यन्तै खुशी छु ।

म चलचित्र क्षेत्रमा लागेर नितान्त समाज सेवी गर्छु भन्ने हेतुले लागेनुसार केही आर्थिक नाजुक र विभिन्न रोग बाट ग्रस्त भएका केही पीडितहरुको उद्दार,सहयोग गर्ने मौकाहरुले मनलाई केही शान्त भए पनि पूर्णता भएको छैन किनभने मैले अजै धेरै को सेवा गर्नु बाकी नै छ।२०७९ मा फेरि तामाङ चलचित्र संघ बागमती प्रदेशको #महासचिव जस्तो गरिमामय पद सम्हाल्ने मौका सिङ्गो तामाङ चलचित्र क्षेत्रका कलाकार साथीहरूले दिनु भयो यसै क्रममा फेरि २०७९ मा नै #नेपाल सरकार खेलकुद मन्त्रलय अन्तरगत कलाकार साहित्य संजालको #उपाध्यक्ष जस्तो जिम्मेवारी पद ग्रहण गर्ने मौका प्राप्त भयो।

निरन्तर कलाकारहरुको नेतृत्व गर्दै गर्ने क्रममा २०८० साल भदौ ०९ भएको राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेशको तेस्रो अधिबेशनले फेरि पनि कलाकारहरुको हकहित र कलाकारहरुको योगदानको मुल्यांकनका निम्ति बागमती प्रदेशको अध्यक्ष जस्तो महत्त्वपूर्ण पद निर्बिरोध दिनु भयो। तसर्थ मलाई हरेक संघ संस्थाले आँखा चिम्लेर बिश्वासका साथ निर्णाय र निर्देशन दिन अनि सहि मुल्यांकन गरियोस् भनेर जुन गरिमामय पदहरु दिनु भए कै कारण मिति २०८०/०६/२८ गतेका दिन चलचित्र बिकास बोर्ड स्थित राखिएको एक महत्त्वपूर्ण कार्यक्रममा मैले मेरो कार्यकालमा श्रस्ट्लाई सम्मान / नयाँलाई प्रोत्साहन साथै म आफै खेल र पत्रकारीता प्रेमी अनि समाज सेवामा अत्यन्तै रुचि भएनुसार सोही कार्यक्रममा मैले मेरो मस्तिष्कले ब्याए जतिको कलाकार , पत्रकार ,नेपाललाई अन्तर्राष्ट्र सम्म चिनाउने प्रयास गर्ने खेलाडी लगायत थुप्रै संघ संस्थाको ब्याक्तित्वहरुलाई सम्मान गर्ने जुन मौकाले मेरो मन सन्तुष्टि भएको छ सम्मानित सम्पुर्णमा हार्दिक बधाई छ। काम गर्नेको खेदो हैन कदर गरौँ देश भरिको कलाकारहरु एक हौँ ।

नोट : पद र योग्दानको महत्त्व बुज्नेलाई म केही होलान् तर पद अनि योगदानको मुल्य नबुज्नेलाई कोहिन कोहि।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४