Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महंगीकाे बेला चाडपर्वमा काम नपाउँदा छाक टार्न कठिन भएको मजदुरको गुनासो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २७ २०८०
  • 3.8K
    SHARES

काठमाडौं । विगतका वर्षझैं चाडपर्व नजिकिदै गर्दा महंगी समेत अचाक्लि बढेको छ । दैनिक उपभोग्य बस्तु, हरियो तरकारी देखि खाद्यान्न, तेल, मासु, फलफूल लत्ताकपडा सबैमा मूल्य बढाइएको छ ।

एकातिर महंगीको मार अर्काेतिर चाडबाडको बेला समेत काम नपाउदा बिहान काम गरी बेलुकाको छाक टार्ने कठिन भएको मजदुरहरुको गुनासो छ । नजिकिएको दशै कसरी मनाउने भन्ने चिन्ताले उनीहरुलाई पिरोलिएका छन् ।

महंगीले यतिखेर दिउँसो काम गरेर बेलुकी छाक टार्ने वर्ग नराम्ररी प्रभावित भएका छन् । बडादशैँको मुखमा महंगी अचाक्ली बढेकाले दशैँ मनाउन सहज नभएको भरियाको दुखेको छ । चाडबाडमा मीठो खान र राम्रो लाउन रहर हुदाहुँदै पनि काम गर्ने भरिया भने कामको अभावले पिरोलिएका छन् । चाडबाडमा विगत केही वर्षमा कामको चटारो भएपनि पछिल्लो समय पठाओले सामान समेत ओसार पसार गर्ने भएकाले काम खोसिएको गुनासो उनीहरुको छ ।

उमेरले पाको देखिएका कृष्ण बुढाथोकीको दीनचर्या पनि उस्तै छ । अन्य समय भन्दा चाडबाडमा केही कामको चटारो भएपनि भनेजति ज्याला पाउन भने सकेका छैनन् । पाएको ज्यालाले दैनिक गुजार्न गाह्रो भएको उनी बताउछन् ।

दसैंका लागि किनमेल गर्नैको चाप बढेसँगै चाडपर्व भित्रिएको महसुस भएको काडमाडौंका विभिन्न क्षेत्रमा देखिएकाे छ । तर आम उपभोक्ताको भान्सा महँगो भएपनि दशै जसरी पनि मनाउनै पर्ने बाध्यता रहेको अर्का मजदुर शंकर खतिवडाको गुनासो छ ।

दशैँपर्व नजिकिँदै गर्दा पर्व खर्च जुटाउन मजदुरको संख्या बजारमा उल्लेख्य देखिन्छ । नजिकिएकाले चाडपर्व मनाउने खर्च जुटाउनका लागि उनीहरु बिहानैदेखि काममा निस्कदा २ सय देखि ५ हजार सम्म कमाउने गरेका छन् भने कहिले खाली हात समेत फर्कनुपरेको दुखेको पोख्छन् । एकातिर कामको अभाव अर्काेतिर बढ्दो महंगीले मजदुर लगायत आम सर्वसाधारण समेत मारमा परेको तर्फ पनि सरकारले ध्यान दिने हो कि ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४