Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरुले राष्ट्रपतिलाई भेटे


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २० २०८०
  • 1.6K
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्रीहरूसँग भेटवार्ता गरेका छन्।

अमेरिकामा भएको संयुक्त राष्ट्र संघको महासभा तथा छिमेकी मित्र राष्ट्र चीनको भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले शनिबार साँझ शीतलनिवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो दुवै भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

उनका अनुसार सो भेटमा मुलुकका अहिलेका समसामयिक विषयमा पनि छलफल भएको थियो।

त्यसअघि शनिबार नै राष्ट्रपति पौडेलसँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेट गरी समसामयिक विषयमा छलफल गरेको पनि पोखरेलले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४