Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डलाई शेखरको सन्देश- सच्चिन नसके सरकारको बाटो खालि गर्नुस्


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २० २०८०
  • 1.9K
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकार सरकारको बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरेका हुन् ।

उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई काँग्रेस बाहेक अरूले सम्हाल्न नसक्ने दाबी गरेका छन् । उनले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैँ दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताऊ म जातीय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताए । उनले जातीय राज्य गोजीबाट निकालेर दिने हो ? भन्दै प्रश्न गर्नुभयो । गैर जिम्मेवार अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु नेपालीहरूको लागि दुर्भाग्य रहेको उनको भनाई छ ।

उनले भनेका छन्, ‘देश अत्यन्त अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ । जताततै अराजकता छ । यो राजनीतिको अराजकता भन्नुस्, आर्थिक अराजकता भन्नुस्, सामाजिक, धार्मिक अब हुँदा हुँदा कूटनीतिक अराजकता पनि देशमा आइसक्यो । सम्हाल्ने कसले ? नेपाली काँग्रेस बाहेक नेपालमा कुनैपनि लोकतान्त्रिक पार्टी छैन, जसले सम्हाल्न सक्छ । तपाईँहरू चिन्तित हुनुहुन्छ । अन्य पार्टीहरूको पनि कुरा गर्नुभयो यहाँ ।

हामी सच्चियौँ, सुध्रियौँ, हामीले गाउँमा आफ्ना साथीलाई सम्झाउन सक्यौँ भने कसैलाई हराउन सक्दैन । हामी एकढिक्का हुन जरुरी छ । हामी एक्लै चुनाव लड्नुपर्छ । त्यसका लागि गोरखा काँग्रेस एक ढिक्का हुन जरुरी छ । देश अराजकताबाट गइरहेको छ । देशको प्रधानमन्त्री भन्न त हुँदैन, गोरखाबाटै जितेर प्रधानमन्त्री हुनुभएको छ । देशको प्रधानमन्त्री के भन्नुहुन्छ भने दुई लाख मान्छे सडकमा उतार्छु भन्नुहुन्छ ।

उहाँ देशको, तपाई हाम्रो प्रधानमन्त्री हो की उहाँ एउटा पार्टीको सभापति हो ? पार्टीको सभापति हो भने उहाँले जे बोलेपनि हुन्छ । तर देशको प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवार कुरा गर्न मिल्दैन । उहाँ २०८४ मा मलाई भोट देऊ, माओवादीलाई जिताऊ म जातीय राज्य दिन्छु भन्नुहुन्छ । लाग्छ उहाँले खल्तीबाट राज्य निकालेर दिने हो ।

कुनैपनि जाति विशेष नेपाल छैन, बहुजातिय, बहुभाषिक छ । त्यसैले जातीय राज्य दिन सकिँदैन । त्यस्तै गैर जिम्मेवार, अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु, नेपालीहरूको लागि दुर्भाग्य हो । हाम्रो लागि दुर्भाग्य हो । कुनैपनि तरिकामा देश ठिक ढङ्गले अघि बढेको छैन । त्यसैले यो सरकार सच्चिनुपर्छ । सच्चिन सक्दैन भने छोड्नुपर्छ । अर्को विकल्प छैन । काँग्रेसले मात्रै यी अराजकताहरूलाई समाप्त गर्नसक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४