Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नीति शाहलाई डेब्युमै सकस : चार फिल्म साइन, चारै अन्योलमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १८ २०८०
  • 2.7K
    SHARES

काठमाडौं । नीति शाहलाई बुझ्दा लाग्छ, फिल्ममा अभिनय गर्नु भाग्यको कुरा पनि हो । रुचि हुँदाहुँदै पनि नीतिलाई यतिबेला ‘भाग्य’ले साथ नदिएजस्तो छ । साइन गरेका एकपछि अर्को फिल्मको भविष्य अन्योल भएपछि नीतिलाई डेब्युमै सकस भइरहेको छ ।

रोचक कुरा के छ भने उनले चार फिल्म साइन गरिन् । ती चारै फिल्म अन्योलग्रस्त छन् । नीतिले पछिल्लोपटक साइन गरेको ‘रावायण’को सुटिङ तत्कालै नहुने अवस्था छ । अनमोल केसीसँगको विवादपछि निर्देशक सुदर्शन थापाले अब कसरी प्रोजेक्टलार्ई अघि बढाउँछन्, यसबारे पछि थाहा लाग्ला ।

सुरुमा नीतिले ‘हुतुतु’ साइन गरिन् । यसमा प्रदीप खड्कासँग उनले जोडी बाँध्ने चर्चा रह्यो । त्यसपछि ‘एक्स नाइन’ साइन गरिन् । यो फिल्म पनि घोषणापछि अन्योलग्रस्त भयो । त्यसपछि प्रदीप खड्कासँगको ‘क्यामिनो’ साइन गरिन् । यो फिल्मको छायांकनमा पनि अन्योल भएपछि उनी भारततिर लागिन् ।

मुम्बईमा उनले अभिनय प्रशिक्षण सिकिन् । पछिल्लोपटक उनले ‘रावायण’मा साइन् गरिन् तर अभिनेता केसीसँगको विवादले यो फिल्म पनि यतिबेला अन्योलमा छ । ‘रावायण’ फिल्मको लागि नीतिले रामबाबु गुरुङको ‘डिग्री माइला’को अफर अस्वीकार गरेको चर्चा छ ।फिल्ममा डेब्युका लागि अब नीति सही समयको पर्खाइमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४