Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देश र जनताको हितमा एकीकृत समाजवादी अग्रपंक्तिमा उभिन्छ : अध्यक्ष नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १२ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश र जनताको हितको निम्ति आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिन तयार रहेको बताउनुभएको छ ।

अध्यक्ष नेपालले समाजवादी जागरणको माध्यामबाट रोजगारी, सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन आफ्नो पार्टीले ‘मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार’ कार्यक्रम सुरु गर्न लागेको पनि स्पष्ट पार्नुभयो । यही असोज १४ गतेबाट सो पार्टीले झापाको मेची नदी किनारबाट सो अभियानको शुभारम्भ गर्दैछ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरबाट सो अभियानको पहिलो तयारी टोलीलाई बिदाई गर्दै अध्यक्ष नेपालले सो अभियानले आम जनतामा समाजवादप्रति उत्साह ल्याउने र पार्टी कार्यकर्ता पंक्तिमा पनि जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गर्नुभयो ।

अध्यक्ष नेपालले अभियानको क्रममा विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना हुने र त्यसले समाजवादको सन्देश आम जनताको घरदैलोमा पुर्‍याउने बताउनु भयो ।

अध्यक्ष नेपालले अभियानका क्रममा पार्टीको सदस्यता बिस्तारको काम पनि हुने बताउनुभयो । उहाँका अनुसार सो अभियान असोज २८ गते महाकाली नदीको किनारामा पुगेर समापन हुने छ । अभियानका क्रममा रोजगारी, सुशासन र समृद्धिको पक्षमा नारा घन्काउने, समाजवादप्रतिको पार्टीको धारणाहरु आम जनतालाई जानकारी गराउनेलगायतका जनपक्षीय कामहरु हुने पनि नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४