Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोहोरी गायक ईश्वर सापकोटाले ल्याए “आकाशैमा जुन छ” “भिडियो सहित”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ७ २०८०
  • 15.1K
    SHARES

काठमाण्डौ । व्यवसायी एवम सिन्धुपाल्चोक जिल्लाको शान लोक तथा दोहोरी गायक इश्वर सापकोटाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा “आकाशैमा जुन छ” बोलको गीतलाई सार्बजनिक गरेका छन् ।

उनि लोक तथा दोहोरी गीतको नाममा बिकृति ल्याउनेको बिरोधी हुन् । त्यसैले पनि ईश्वर द्वारा सार्बजनिक भएका सबै गीतहरु आफ्नै कला संस्कृति र मौलिकता भित्र रुमलिएका हुन्छन् । उनले अहिले सम्म थुप्रै गीतहरु सार्बजनिक गरिसकेका छन् । ईश्वर सापकोटा राष्ट्रिय संगीतकर्मी संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका अध्यक्ष समेत हुन् ।

डीके म्युजिक सोलुशन नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको ईश्वरको पछिल्लो समय सार्बजनिक भएको गीतमा ईश्वर सापकोटा, कोपिला वाइबा तामाङ्ग, र शरण थामीको सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतलाई लय ईश्वर सापकोटाले नै तयार पारेका हुन् भने शब्द ईश्वर सापकोटा र माया न्यौपानेको रहेको छ ।

कसैको माया प्रति नतमस्तक रहेको भावमा तयार भएको यस गीतको म्युजिक भिडियोमा धिरज खत्री, माया न्यौपाने, शरण थामी र मनिन्द्र थापाको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन धिरज खत्रीले गरेका हुन् भने छायांकन रोनिश तामाङ्ग र सम्पादन हम गैह्रेले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४