Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटी तत्काल सच्याउनु पर्छ : संविधानविद् आचार्य


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । संविधानविद् एवं पूर्वराजदुत निलाम्वर आचार्यले नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटीलाई तत्काल सच्याउनुपर्ने बताउनुभएको छ ।

आचार्यले नेपालको संविधान कार्यान्वयनमा बाटो विराएको उल्लेख गर्दै संवैधानिक अभ्यासको समिक्षा र संविधानकै समिक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको हो ।

मंगलबार एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उहाँले सबैको भावनालाई समेटर संविधान कार्यान्वयनको पाटोलाई सही बाटोमा ल्याउनसक्ने क्षमता भएका सुवाष नेम्वाङको निधनले ठूलो क्षति पुर्‍याएको बताउनुभयो ।

उहाँले सुवाषचन्द्र नेम्वाङकै कारण दोस्रो संविधान सभाले नेपालको संविधान निर्माण गर्न सकेको दाबी समेत गर्नुभयो । संविधानविद् आचार्यले नेम्वाङलाई नेपालको संविधान, लोकतन्त्र, संवैधानिक सर्वोच्चता र कानूनी राज्य मान्ने जोकोहीले पनि सदा सम्झिरहने बताउनुभयो ।

उहाँले नेम्वाङले अरुको दबाब, प्रभावको प्रवाह नगरी संविधान निर्माणमा योगदान गर्नुभएको पनि स्मरण गर्नुभयो । आचार्यले नेम्वाङजस्तो देशले सम्मान गरेका नेताको भुमिका पाएको भन्दै एमालेलाई भाग्यमानी पार्टीको रुपमा चित्रण गर्नुभयो ।

त्यस अवसरमा संविधानविद् आचार्यले नेम्वाङलाई राष्ट्रपतिको रुपमा समेत नेपाली जनताले हेर्न चाहेको समेत बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४