Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीनकुने सामूहिक हत्या : शङ्कास्पद चार जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ३० २०८०
  • 5K
    SHARES

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले अहिलेसम्म चार जनालाई पक्राउ गरेको छ । शुक्रबार राति दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले अनुसन्धानका लागि चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका २८ वर्षीय दीपेन्द्र राईले प्रहरीलाई घटनाबारे जानकारी दिएका दिए । उनी लागु औषधको दुर्व्यसनी रहेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अरू तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीकाअनुसार हत्या गर्नुअघि उनीहरू तिनकुनेकै स्नुकर हाउसमा भेट भएका थिए । स्नुकर खेलेपछि उनीहरू मिल प्रवेश गरेका थिए । पक्राउ परेका सबै लागु औषधको दुर्व्यसनी रहेको प्रहरीको भनाई छ ।

उनीहरूको परिचय भने खुलाइएको छैन । ‘उनीहरू विरुद्ध अनुसन्धान सुरु भएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले भने, ‘के र कुन कारणले हत्या गरिएको हो अनुसन्धान पछि खुल्ला ।

शुक्रबार राति तिनकुनेस्थित दिव्य सःमिलमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र नवीन राईको हत्या भएको थियो । हत्या गरिएकामध्ये कुमार, अम्बिका र शुभद्रा एकै परिवारका सदस्य हुन् । नवीन भने मिलमा आउने-जाने गरिरहन्थे । उनका बुबा पहिले सोही मिलमा काम गर्थे ।

मुचुल्का लगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४