Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अघि बढ्यो सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २९ २०८०
  • 4K
    SHARES

काठमाडौं । सरकारले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढाएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहमति अनुसार छानबिन आयोग गठन प्रक्रया अघि बढेको जानकारी गराएका हुन् ।

‘अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको समेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

भदौ ६ गते संसदमा रहेका सात दलबीच सुन तस्करी छानबिनबारे दुई बुँदे सहमति भएको थियो । जहाँ सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने उल्लेख छ ।

साउन ३ गते सिनामंगलबाट बरामद भएको साढे ६० किलो सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अध्ययन गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुनबारे थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो । सीआईबीले अध्ययन सकाएसँगै उच्चस्एतरीय छानबिनको प्रक्रिया अगाडि अगाडि बढेको प्रधानमन्त्री प्रचण्डले संसदलाई जानकारी गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४