Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युरो छनोटमा डेनमार्क र नेदरल्याण्ड्स विजयी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २५ २०८०
  • 3.8K
    SHARES

काठमाडौं । युरो २०२४ को छनोटअन्तर्गत आइतबार राति भएको खेलमा डेनमार्क र नेदरल्याण्ड्स विजयी भएका छन् ।

समूह एचको खेलमा डेनमार्कले फिनल्याण्डलाई १-० ले हरायो । डेनमार्कका लागि पिएरे एमिल होएवर्गले ८६औं मिनेटमा विजयी गोल गरे ।

यस जितपछि डेनमार्कले अंकतालिकामा फिनल्याण्डलाई नै पछि पारेको छ ।

६ खेलबाट डेनमार्क र स्लोभेनियाको समान १३ अंक छ । तर गोलअन्तरमा स्लोभेनिया अघि रहँदै शीर्ष स्थानमा छ भने डेनमार्क दोस्रो स्थानमा छ । समान खेलबाट १२ अंक रहेको फिनल्याण्ड तेस्रो स्थानमा छ ।

स्लोभेनियाले सानमारिनोलाई ४-० ले पराजित गरेको थियो ।

यस्तै समूह बी अन्तर्गत खेलमा नेदरल्याण्ड्सले आयरल्याण्डलाई २-१ ले पराजित गरेको छ । नेदरल्याण्ड्सले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो ।

खेलको चौथो मिनेटमै एडम इडाहले पेनाल्टीमा गोल गर्दै आयरल्याण्डलाई अग्रता दिलाएका थिए ।

तर १९औं मिनेटमा नेदरल्याण्ड्सले पेनाल्टी पायो र डच टोलीका लागि कोडी गाक्पोले पेनाल्टीमा बराबरी गोल फर्काए । त्यसवछि वाउट वेघोर्स्टले ५६औं मिनेटमा नेदरल्याण्ड्सका लागि विजयी गोल गरे ।

जितपछि चार खेलबाट ९ अंक जोडेर नेदरल्याण्ड्स समूह बी को दोस्रो स्थानमा उक्लेको छ । यसै समूहको अर्को खेलमा ग्रीसले जिब्राल्टरलाई ५-० ले हरायो । ९ अंक नै जोडेको ग्रीस तेस्रो स्थानमा छ ।

समूह इ अन्तर्गतको खेलमा भने पोल्याण्ड अल्बानियासँग २-० ले पराजित भएको छ । अल्बानिया पाँच खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । पाँच खेलबाट ६ अंक रहेको पोल्याण्ड चौथो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४