Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो छ बीपी साहित्य महोत्सवको कार्यक्रम तालिका


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २३ २०८०
  • 3.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले यही भदौ २४, २५ र २६ गते हुने बीपी साहित्य महोत्सवको कार्यक्रम तालिका टुंगो लगाएको छ ।

सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा रहेको मूल तयारी समितिले तीन दिने हुने महोत्सवको कार्यक्रम तालिका तयार पारेको हो ।

क्त तालिका अनुसार पहिलो दिन उद्घाटन सहित ८ वटा सेसन रहेका छन् । जसमा बीपीको साहित्य, सिर्जना र जीवन दर्शन, बीपीका दृष्टीमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ रहेको छ ।

दोस्रो दिन मार्क्स, गान्धी र बीपीबारे सम्भाषण, बीपीले नपाएको १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, युवा श्रष्ठामा बीपी पठन र गजल साझ रहेका छन्।

यस्तै अन्तिम दिन तीन घुम्ती, बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपीका साथै धन्यवाद ज्ञापन र सांङ्गीतिक साँझ सेसन रहेको आयोजनकले जनाएको छ।

महोत्सव आयोजक समितिमा समितिमा कवि तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ, डा. नवराज लम्साल, डा. रत्नमणि नेपाल, डा. शैलेन्द्रप्रकाश नेपाल, राजेन्द्र पराजुली सदस्य छन् ।

त्यस्तै पुष्पा भुसाल, मीन विश्वकर्मा, डा. डिला संग्रौला, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दुल सतार, नैनसिंह, राजीव ढुंगाना, दिलमान पाख्रिन, प्रकाश रसाइली, रंगमती शाही पनि सदस्य छन् ।

त्यस्तै हरिशरण नेपाली, प्रा. डा. गोविन्दराज पोखरेल, नानु बास्तोला, नृपबहादुर वड, विद्यादेवी तिमल्सिना, उर्मिला थपलिया, इन्द्रबहादुर बानियाँ, दुर्लभ थापा, सवुज बानियाँ, जितेन्द्र श्रेष्ठ पनि सदस्य रहेका छन् ।

त्यस्तै सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तीर्थबहादुर थापा, गोकुल लिम्बु, परशुराम पोखरेल र प्रताप पौडेल पनि सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४