Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युरोकप छनोटअन्तर्गत पोर्चुगलको लगातार पाँचौ जित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २३ २०८०
  • 1.1K
    SHARES

काठमाडौं । युरोकप २०२४ छनोटअन्तर्गत पोर्चुगलले पाँचौ खेलमा पनि आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

पाँचौ खेलमा अपराजित यात्रा कायम राख्नेक्रममा शुक्रबार राती सम्पन्न समूह जे अन्तर्गतको खेलमा पोर्चुगलले स्लोभाकियामाथी १–० गोल अन्तरको जित हात पारेको हो ।

स्लोभाकियाको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडका कप्तान बु्रनो फर्नान्डेजले आफ्नो जन्मदिनमा खेलको ४३ औं मिनेटमा निर्णायक गोल गरे । पोर्चुगल ५ खेलमा शतप्रतिशत जितका साथ १५ अंकसहित समूह ‘जे’ को शीर्षस्थानमा रहेको छ ।

स्लोभाकिया १० अंकसहित दोस्रो स्थानमा छ । समूह जे कै अर्को खेलमा आइसल्याण्डलाई लग्जम्वर्गले ३–१ गोलले पराजित गरेको छ । युरोकप छनोट अन्तर्गत शुक्रबार राती भएको समुह एअन्तर्गतको खेलमा स्पेनले जर्जियालाई ७–१ गोलले पराजित गरेको छ ।

स्पेनका लागि अल्भारो मोराटाले ह्याट्रिक गरे । समुह ए कै अर्को खेलमा स्कटल्याण्डले साइप्रसलाई ३–० गोलले पराजित गरेको छ । समुह डी मा रहेका क्रोसियाले ल्याटिभालाई ५–० गोलले पराजित गर्दा सोहि समुहमा रहेका टर्की र अर्मेनियाले एक एक गोलको बराबरी खेलेका छन् ।

६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन् । जर्मनी आयोजक राष्ट्रको रुपमा युरोकपका लागि छनोट भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४