Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेत्री गौरी मल्लको तीज गीत सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २२ २०८०
  • 4.3K
    SHARES

काठमाडौं । अभिनेत्री गौरी मल्लको तिज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक भएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । सार्वजनिक समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्री द्वय वसुन्धरा भुसा, मिथिला शर्मा लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले मानिसहरु कुर्सीको लागि लड्ने गरेको र आफूले पाएको कुर्सी किन छोड्नु भनेर कुर्सीमा बसेको भन्दै राजनीतिक दल र नेताहरुप्रति व्यंग्य गर्नुभयो ।

उहाँले आफूले मिथिला शर्मा र गौरी मल्ललाई नाट्यश्वेरीका दुई छारीहरुको रुपमा लिएको बताउनु भयो । उहाँले उहाँहरु दुवैको अभिनय, नृत्य, व्यवहारमा पोख्त रहेको उल्लेख गर्नुभयो ।

उहाँले आफू जन्मिएको ६ महिनामै आमा बितेकाले आमाको माया थाहा नपाएको बताउनु भयो । उहाँले अरुका आमाले आफ्ना छोराछोरीलाई गरेको माया देखेर आफूले आमाको माया थाहा पाएको बताउनु भयो । उहाँले आफूले अन्तरजातीय विवाह गरेकाले आफ्नो पितासँग आँखाले बोलेको अनुभव सुुनाउनु भयो । कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले गौरी मल्ल बहुप्रतिभाशाली भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री मिथिला शर्माले भित्रि मनमा अझै पुरानो याद आइरहने बताउनु भयो । उहाँले गौरी मल्ल लेखेर र भनेर नभइ आफ्नो व्यवहारबाट कर्तव्य पूरा गरेको बताउनु भयो । वरिष्ठ अभिनेत्री गौरी मल्लले आफ्नो देशभन्दा ठूलो अरु केही नहुने बताउनु भयो । आफ्नो देशमा हुँदा निर्धक्कताको बोध भइरहने बताउनु भयो । उहाँले आफूलाई लेख्न, पढ्न र गाउन सानैदेखिको चाहना भएको बताउनु भयो ।

अभिनेत्री मल्लकै स्वर शब्द र संगीतमा रहेको सो गीतमा मल्लसँगै अभिनेत्री मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । सो म्युजिक भिडियोको निर्देशन सन्तोष राजवाहकले गर्नुभएको हो । म्युजिक भिडियो गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४