Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाले गृहमन्त्रीलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्छ – डा. सुनील शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २० २०८०
  • 1.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले यो घटनालाई सामान्य ढंगलेमात्र हेर्न नमिल्ने भन्दै सत्यतथ्य पत्ता लगाएर जवाफ दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग समेत गरेका छन् । खुकुरी हान्न कसले लगायो ? डिजाइन के हो भन्ने कुरा यो सरकारले अहिलेको गृहमन्त्रीले पत्ता लगाएर जनतामा खुला भएर राख्न सक्नुपर्छ’, शर्माले भने।

यो सरकार बनेपछि बढी भन्दा बढी कांग्रेसमाथि आक्रमण भएको समेत शर्माले बताए।

‘हाम्रा नेतामाथि, हामीमाथि । चाहे त्यो राज्य संयन्त्रबाट होस् चाहे नागरिक तहबाट होस् कांग्रेसमाथि आक्रमण भएको छ । यसलाई तत्काल हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले गृहमन्त्रीलाई बोलाएर चेतावनी दिनुपर्छ कि राज्यको शान्ति सुरक्षाको जिम्मा सरकारको हो कि हैन रु हामी सरकारमा छौँ कि छैनौँ?’ शर्माले प्रश्न गरे।

उनले अगाडि भने, ‘हामी सरकारमा छौँ । तर हामीलाई सरकारमा भएको अनुभूति भएको छैन । एउटा सामान्य नागरिकको सुरक्षाको जिम्मा राज्यले लिने कि नलिने प्रश्न यो हो । त्यसैले यो राज्य मृत स्थितिमा भएको अवस्था हो यो । चाहे विकासको क्षेत्रमा होस् वा सुरक्षाको क्षेत्रमा । काठमाडौँको बीच सडकमा हाम्रो नेपाली कांग्रेसको सहमहामन्त्री नेता असुरक्षित हुन्छ भने दूरदराजको नागरिकको स्थिति के हो त ?

सो क्रममा उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दशैँ अगाडि वा पछाडि ढल्ने दाबीसमेत गरेका छन् । उनले सरकार ढलुन्जेल त जनता, नेता, कार्यकर्ता सुरक्षित हुनुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री यादवलाई आज दिउँसो रिपोर्टर्स क्लबको कार्यक्रममा सहभागी गेट बाहिर निस्कनाथ नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

सहमहामन्त्री यादवलाई आईसीयूमा राखेर उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४