Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले लुम्बिनी प्रदेशको नेतृत्व चुन्न मतदान सुरु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १९ २०८०
  • 4.9K
    SHARES

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो । रातको समयमा मतदान गराउँदा राम्रो सन्देश नजाने भएकाले मंगलबार बिहान मतदान गराइएको निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल उम्मेदवार छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् । कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको भन्दै प्रचार गरिरहेका छन् । उनीहरु पदाधिकारीमा प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई सर्वसम्मतबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । शनिबार र आइतबार सहमतिको प्रयास गरे पनि नेताहरु सफल भएनन् । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन सहमतिको प्रयास असफल हुँदा दुई दिन लम्बिइसकेको छ ।

लुम्बिनी प्रदेश कमिटीको सचिवमा भने दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् । उनी अध्यक्षका प्रत्यासीद्वय कँडेल र रिजाल दुवै पक्षको समूहमा थिए ।

अध्यक्षका प्रत्यासी राधाकृष्ण कँडेल र हरि रिजाल

अब अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरु निर्वाचनबाट चुनिने छन् । निर्वाचनले ५ पदाधिकारीसहित २०५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ ।

अरु उम्मेदवार को-को ?

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल (अनुप), बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली उम्मेदवार छन् । श्रेष्ठ कँडेल पक्षका र बराल रिजाल पक्षका हुन्  भने विश्वकर्मा र वलीले प्यानल बाहिरबाट उम्मेदवारी दिएका छन् ।

सचिवमा निर्विरोध चुनिएका दाङका लक्ष्मण आचार्य कंडेल र रिजाल दुवै प्यानलका उम्मेदवार थिए । तर उनको समर्थन कंडेल पक्षलाई देखिएको छ ।

उपसचिव पुरुषतर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारु (चौधरी) उम्मेदवार छन् ।

त्यस्तै उपसचिव महिलातर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला रानामगर प्रतिस्पर्धामा छन् । चौधरी र राना कंडेल प्यानलका हुन् भने बुढामगर र अधिकारी रिजाल प्यानलका हुन् । २०० जना सदस्यका लागि ३०५ जनाले उम्मेदवारी दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४