Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि सभामा आज शिक्षा र कानुनमन्त्रीसँग प्रश्नोत्तर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १८ २०८०
  • 1.2K
    SHARES

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे बस्दैछ ।

उक्त बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची छ ।

संसद सचिवालयलका प्रवक्ता एकराम गिरीका अनुसार एक जना सांसदले एउटा मन्त्रालयसँग सम्बन्धित दुई वटासम्म प्रश्न सोध्न पाउँछन् । सांसदले दर्ता गरेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले संसदमै मौखिक जवाफ दिनुपर्ने व्यवस्था छ ।

संसद सचिवालयका अनुसार सोमबार नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रश्न सोध्ने र त्यसको जवाफ सम्बिन्धित मन्त्रीले दिने तय भएको छ ।प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ८ मा प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ । जहाँ सांसदहरुले कुनै पनि विषयमा मन्त्रीहरुलाई प्रश्न सोध्न सक्ने र त्यसको प्रक्रिया उल्लेख छ । संसद सचिवालयका अनुसार चालु अधिवेशनमा करिब १५० वटा प्रश्नहरु दर्ता भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४