Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘एक भागवत गीता’को ट्रेलर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १६ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।

सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले यो एक कहानी भएको र धर्म, संस्कृतिमाथि थोरै भएपनि चोट पुग्ने डरले भागवत गीताको ठाउँमा एक भागवत गीता नाम राखिएको बताए । भागवत गीता भन्दा कतिपयले भागवत गीता नै सम्झिने भएकाले एक भागवत गीता भनिसकेपछि भागवत गीता जस्तै अर्को कथाका रुपमा चलचित्र बनाइएको बताए ।

त्यस्तै, अभिनेत्री सुहाना थापाले भागवत गीता सबैलाई एक ठाउँमा ल्याउने चलचित्र भएको बताइन् । त्यस्तै, अभिनेत्री एवं निर्देशक झरना थापाले कमला माई पात्रमा आधारित रहेर चलचित्र निर्माण गर्ने बताइन् ।

आगामी भाद्र २९ गतेबाट प्रदर्शन आउने चलचित्र एक भगवत गीतामा अल्पसंख्यक लैंगिक समुदाय र मधेसको कथावस्तुमा निर्माण भएको सिनेमाले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ । जनकपुरको सेटिङमा खिचिएको सिनेमामा अनुरागमान सिंह कुँवर, कविर खड्का र संजोग रसाईली खलपात्रको चरित्रमा देखिएका छन् ।

अन्तरजातीय प्रेमकथामा आधारित रहेको चलचित्रमा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिलकुमार थापाको निर्माण रहेको चलचित्रको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४