Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पृथकता भित्र “प्रकाश कटुवाल र सिर्जु अधिकारी”को स्वरमा“तीज आयो स्वामी राजा” भिडियो सहित सार्बजनिक !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ११ २०८०
  • 8.2K
    SHARES

काठमाण्डौ ।  रामेछापको माटोले जन्माएको चर्चित तथा लोकप्रिय गायक प्रकाश कटुवाल र चर्चित गायिका सिर्जु अधिकारीको सुमधुर स्वरमा यस बर्षको नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० लाइ लक्षित गर्दै थुप्रै कलाकारहरुले थुप्रै गीतहरु बजारमा ल्याएका छन् ।

यस भित्र कस्का सिर्जनाले बाजी मार्ने हो भन्ने कुरा भने आगामी दिनले बताउने छ । तर पहिलेका बर्षहरुलाई फर्केर पछाडी हेर्न नपरेका चर्चित तथा लोकप्रिय गायक तथा सर्जक प्रकाश कटुवालले भने आफ्ना सिर्जनाले अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नेमा ढुक्क रहँदै भर्खरै आफ्नो पछिल्लो सांगीतिक प्रस्तुति “तीज आयो स्वामी राजा”  सार्बजनिक गरेका छन् ।

उनको प्रस्तुतिहरुमा पृथकता त हुन्छ नै, त्यो पृथकता भित्र लोकप्रिय गायक प्रकाश कटुवालले गत दिनहरुमा अन्यकौं टिप्पणी पनि खेप्न पर्यो । यस वर्ष भने आफ्नो प्रस्तुतिमा तीज गीत सार्बजनिक गर्दा कहिँ कतैबाट पनि टिप्पणी खेप्न नपर्ने सिर्जना तयार पारेका छन् । किन कि उनले मौलिकतामा डुबेर एक अर्धांगिनीको यथार्थ भाव यो गीतमा समाबेस गरेका छन् ।

लोकप्रिय तथा चर्चित गायक प्रकाश कटुवालको लय तथा शब्द सिर्जनामा तयार भएको यस गीतमा लोकप्रिय गायक प्रकाश कटुवाल र अर्की लोकप्रिय गायिका सिर्जु अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतमा एक चेली माइतीघर जाने खुसीमा गदगद भएको कथा समाबेस गरिएको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा चर्चित तथा लोकप्रिय प्रकाश कटुवाल,आरुषी मगर, समिक्षा छेत्री, ममता राना, रिया खड्का, बिनोद लामा, प्रकाश सोनी,नवराज काप्री, रति खड्का,भरत श्रेष्ठ र शंकर परियार जस्ता कलाकारहरुको आकर्षक अभिनय देख्न सकिन्छ ।

बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन राम के सी ले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई चर्चित तथा लोकप्रिय गायक प्रकाश कटुवाल अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४