Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पेन्गुइन चराको बढुवा, बन्यो सेनाको उपरथी !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ९ २०८०
  • 3.9K
    SHARES

हरेक देशको सेनामा जवानदेखि सेना प्रमुखसम्मका विभिन्न पदहरु हुन्छन् । नेपाली सेनाको संरचनामा उपरथी भनेको तेस्रो ठूलो दर्जा हो । के मेजर जनरल अर्थात् उपरथी जस्तो ठूलो सैन्य पदमा कुनै चरा नियुक्त हुन्छ भनेर पत्याउन सकिन्छ ? सामान्यतया यो सम्भव नै नहुने कुराजस्तो लाग्नसक्छ । तर नर्वेको सेनामा भने एउटा पेंगुइन हालै सहायकरथी अर्थात् ‘ब्रिगेडियर जनरल’बाट उपरथी अर्थात् ‘मेजर जनलर’ पदमा बढुवा भएको छ ।

स्कटल्याण्डको एडिनबर्ड चिडियाखानामा रहेको सर निल्स ओलाव तृतीय नामको एउटा पेन्गुइनलाई नर्वेजियनद सेनाको बिग्रेडियर पदबाट मेजर जनरल पदमा बढुवा गरिएको हो । नर्वेजियन किंग्स गार्डका लागि निकै सौभाग्यशाली मानिने उक्त पंक्षीलाई चिडियाखानामा आयोजित एक विशेष समारोहमा बढुवाको सम्मान प्रदान गरिएको हो ।

वास्तवमा त्यहाँ पेन्गुइनलाई सम्मानित गर्ने परम्परा सन् १९७२ मा सुरु भएको थियो । नर्वेजियन किंग्स गार्डका एक अधिकारीले एडिनबर्ड चिडियाखाना घुम्ने क्रममा एउटा पेन्गुइनलाई एडप्ट गरेसँगै पेन्गुइनलाई सेनामा सामेल गरेर सम्मान गर्ने परम्पराको सुरुवात भएको थियो । नर्वेजियन शाही रक्षक सेनाले सो पेन्गुइनलाई आफ्नो सौभाग्य मान्दछ र निरन्तर बढुवा गर्दै आएको छ ।

निल्स ओलाव तृतीयलाई नर्वेजियन सेनाको तेस्रो सर्वोच्च पदमा बढुवा गर्न आयोजित समारोहका तस्वीरहरु सोसल मिडियामा भाइरल भएका छन् । पेन्गुइनको बढुवाको घोषणा ट्वीटरमा पनि गरिएको थियो ।चिडियाखानाले उपरथी बनेको चर्चित पेन्गुइन सर निल्स ओलाव तृतीयको विस्तृत विवरण शेयर गरेको छ । जसमा भनिएको छ कि महामहिम निल्स ओलाव शाही रक्षक सेनाको सौभाग्य रहेको र त्यसलाई रोयल एडिनबर्ग सैन्य परेडको ब्याण्ड तथा ड्रिल टिममा सहभागिताका बेलामा अपनाइएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४