Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशीमा एमाले र राप्रपाका ८ ज्येष्ठ सांसदले लिए बिदा, सरकार शंकटमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ३ २०८०
  • 4.5K
    SHARES

काठमाडौं । कोशी प्रदेश सभामा सभाध्यक्षता गर्नबाट पन्छिन सत्ता गठबन्धन र विपक्षीबीच जुहारी चलेको छ। सरकार बनाउनका लागि बहुमत पु¥याउन सभामुख बाबुराम गौतमले राजीनामा दिएका थिए।

उनको राजीनामापछि उपसभामुखले सभाध्यक्षता गर्दै आएकी थिइन्। तर सोमबार कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यतालिका छ। यस्तो अवस्थामा उपसभामुख अनुपस्थित भएमा जेष्ठ सदस्यले सभाध्यक्षता गर्नुपर्छ। तर सभाध्यक्षता सत्ता गठबन्धनका सांसदले गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैनन्।

त्यही भएर विपक्षीले जसरी पनि सत्ता पक्षलाई नै अध्यक्षता गराउनका लागि आफ्ना सांसदलाई अनुपस्थित गराउने भएका छन्।

कोशी प्रदेशसभाका आठ जना ज्येष्ठ सदस्यले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयलाई दिएका छन् ।

सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची छ । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेका ७ र राप्रपाका एक प्रदेशसभा सदस्यले उपस्थित हुन नसक्ने सूचना उपसभामुखलाई दिएका छन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार आठ जना प्रदेशसभा सदस्यले घरायसी काम परेका कारण भोलिबाट केही दिन बैठकमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका हुन्।

निवेदन दिने सबै जेष्ठ सांसद छन्। एमालेका ७१ वर्षीय रोहितबहादुर कार्की, ६७ वर्षीया मालतीकुमारी लिम्बू, ६७ वर्षीय रामप्रसाद महतो, ६७ वर्षीय खड्गबहादुर बस्नेत, ६६ वर्षीया तारादेवी ढकाल, ६५ वर्षीय किशोरचन्द्र दुलाल र ६४ वर्षीय ज्ञानेन्द्र सुवेदी रहेका छन्।

त्यस्तै राप्रपा प्रदेशसभा सदस्य ६५ वर्षीय गोपालबहादुर विश्वकर्माले पनि उपस्थित हुन नसक्ने भनी निवेदन दिएका हुन् ।

राप्रपाका ६५ वर्षीय ज्येष्ठ सदस्य अम्बरबहादुर विष्टले अनुपस्थित हुने भनेर निवेदन दिएका छैनन्।

उपसभामुख सृजना दनुवार एमालेबाट निर्वाचित हुन्। भोलिको बैठकमा अनुपस्थित हुने सम्भावना उनको पनि कम छ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। गठबन्धनसँग त्यतिनै छ। तर एक सांसदले सभाध्यक्षता गर्नु परे ४६ मात्रै हुन्छ र सरकार गुम्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४