Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली र देउवालाई पनि जेल हाल्ने षड्यन्त्र हुँदैछ : सांसद शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १ २०८०
  • 3.2K
    SHARES

काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि प्रचण्ड नेतृत्वको सरकारले जेल हाल्ने षड्यन्त्र गरिरहेको बताएका छन् । ज्येष्ठ नागरिक समाजले मोरङको विराटचोकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद डा. शर्माले प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा ओली र देउवालाई जेल हाल्ने षड्यन्त्र गरिरहेको बताएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकार राजनीतिक पूर्वाग्रहका आधारमा अघि बढेको भन्दै सांसद शर्माले अहिले ओलीलाई जेल हाल्ने षड्यन्त्र बनिरहेको बताएका छन्  । पहिले ओलीलाई जेल हाल्ने त्यसपछि देउवालाई पनि जेल हाल्ने गरी यो सरकारले षड्यन्त्र रचिरहेको उनले दाबी गरेका छन्  ।

अरुकै इसारामा सरकार चलिरहेको भन्दै उनले अहिले ओली र देउवालाई जेल हाल्न षड्यन्त्र गराउनेले २०८४ अघि प्रचण्डलाई पनि जेल हाल्ने दाबी गरेका छन्  ।

‘अहिलेको प्रचण्ड नेतृत्वको सरकारले अब ढिलो चाँडो ओली बा”लाई जेल हाल्दैछ, राजनीतिक पूर्वाग्रहका आधारमा पहिले ओली बालाई जेल हाल्ने र त्यसपछि शेरबहादुर देउवालाई जेल हाल्ने योजना बन्दैछ,’ सांसद शर्माले भने, ‘लेखेर राख्नुस्, अहिले यो जसले जेल हाल्न लगाउँदैछ, २०८४ अघि प्रचण्डलाई पनि जेल हाल्ने उसैको प्लानमा छ, हेक्का रहोस् प्रचण्ड जीलाई ।’

भ्रष्टाचारविरुद्ध बोल्दा आफूलाई गिरफ्तार गरिएको भन्दै सांसद शर्माले राज्यसत्ताले गरेका गलत कामविरुद्ध बोल्नेहरूको आवाज दबाउन सरकार लागिपरिरहेको आरोप लगाएका छन्  । भ्रष्टाचार विरोधी अभियानमा कोही पनि पक्ष–विपक्ष नहुने भएकोले आफूले उठाएको आवाजलाई पक्ष–विपक्ष सबैले साथ दिएको भन्दै उनले खुशी व्यक्त गरेका छन्  । राज्यसत्ताको दुरुपयोग गरेर देश लुट्ने छुट कसैलाई पनि नभएको भन्दै उनले गलत कामविरुद्ध सँधै बोलिरहने उल्लेख गरेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४