Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘एक भगवत् गीता’ को पोस्टर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १ २०८०
  • 3.4K
    SHARES

काठमाडौं । अगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’ को पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक तीन पोस्टरमा अभिनेत विपिन कार्की, सुहाना थापा, धिरज मगर र बालकलाकारलाई देख्न सकिन्छ ।

शुक्रबार सार्वजनिक चलचित्रको ‘क्यारेक्टर लुक्स’ पोस्टरमा धिरज र सुहाना रोमान्टिक अवतारमा प्रस्तुत छन् । पोस्टरमा धिरज गुरुङ पहिरनमा चित्रित छन् । यसबाट उनको चरित्र गुरुङ समुदायको रहेको बुझ्न सकिन्छ । सुहानाको लुक्स र गेटअपले भने मधेशी समुदायको झल्को दिन्छ । त्यस्तै, पोस्टरमा विपिन कार्की ट्रान्सजेन्डर लुक्समा देखिएका छन् ।

अन्तरजातीय प्रेमकथामा आधारित रहेको चलचित्रमा कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ । सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कथा निर्देशक झरना थापा स्वयंको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको चलचित्रमा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिेकको संगीत रहेको छ ।

झरना थापाले निर्देशन गरेको चलचित्रको छायांकन सुरु हुँदा नाम ‘भगवत् गीता’ मात्र राखिएको थियो । पछि मात्रै नामको अगाडी ‘एक’ थपेर केही समय अघि चलचित्रको टिजर सार्वजनिक गरिएको थियो । टिजर सार्वजनिक अभिनेता विपिन कार्कीको ट्रान्सजेन्डर लुक्स चर्चाको शिखरमा छ । चलचित्रको टिजर सार्वजनीक भएपछि उनको कमलामाई अवतारले चलचित्र बजरमा एकखालको तरंग ल्याएको छ ।

चलचित्रको प्रचारको आरम्भ पोस्टरबाट गरिएको निर्माता सुनिल कुमार थापाले बताए । झरना निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन् । यो उनको चौंथो निर्देशकिय चलचित्र हो । चलचित्रलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४