Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘सभामुखले मैले संसद् खुलाउन सकिनँ भनेपछि प्रधानमन्त्रीको जवाफ- प्रतिपक्षसँग पहल गर्छु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १ २०८०
  • 1.4K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को अवरोध खुलाउन प्रतिपक्ष दलसँग पहल गर्ने बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसँगको भेटमा प्रधानमन्त्री दाहालले सदनको अवरोध खुलाउन भूमिका खेल्ने बताएका हुन् ।

भेटमा सभामुखले आफूले सदन खुलाउन नसकेको बताएका थिए । ‘सभामुखको रूपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु’, उनले प्रधानमन्त्रीलाई भने, ‘तर, परिणाममा निस्किन सकेन। शीर्ष नेताहरू नै घण्टौँ बस्दा पनि सहमति भएन ।’

त्यसपछि प्रधानमन्त्री प्रचण्डले आफूले सदन खुलाउन पहलकदमी लिने बताए । ‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईँ पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ,’ उनले अगाडि भने, ‘म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।’

गत साउन १० गतेदेखि अवरुद्ध संघीय संसद् खुलाउने पहलले अझै मूर्त रूप लिन सकेको छैन । राष्ट्रपति रामचन्द्र पौडेलले समेत चासो लिएर सदन खुलाउन सरकारको नेतृत्वदेखि प्रतिपक्षी नेतासम्म छलफल गरिरहेका छन् । यसबिच प्रधानमन्त्री-सभामुख भेटवार्ता भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४