Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्यानडाको जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि हजारौं मानिस विस्थापित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १ २०८०
  • 3.5K
    SHARES

काठमाडौं । उत्तरी क्यानडाको जंगलमा लागेको डढेलो बस्तीमा फैलिने संभावना बढेपछि हजारौं मानिस त्यस क्षेत्रबाट भागेका छन् ।

अधिकारीहरुले डढेलो बस्तीमा सल्किने खतरा बढेको चेतावनी दिएपछि उत्तरी प्रान्तको राजधानी एलोनाइफ शहरको विमानस्थलमा मानिसहरुको भीड लागेको छ ।

आजसम्ममा कम्तिमा २० हजार मानिसले शहर छाड्ने अनुमान अधिकारीहरुले गरेका छन् । विमानस्थलमा भीड थामिनसक्नु भएपछि विमानस्थल अधिकारीहरुले कम्तिमा दुई घण्टा पहिले विमानस्थल पुगेर आफ्नो सिट सुरक्षित गर्न भनेका छन् ।

एलोनाइफ नगरका मेयर रेबेका एल्टीले सडक मार्ग हुदै शहर छाड्नेहरु पनि उत्तिकै रहेको बताएकी छन् । साथै सरकार आफैले पनि मानिसहरुलाई अन्यत्र सारिरहेको पनि उनले बताएकी छन् । गत साता अमेरिकाको हवाइमा यस्तै डढेलो शहरमा सल्किंदा कम्तिमा सय जना भन्दा बढीको मृत्यु भएकाले पनि मानिसहरुमा त्रास निकै बढेको बताइएको छ ।

क्यानडामा अत्यधिक तापक्रम वृद्धिले यो वर्ष मात्रै एक हजार बढी आगलागीका घटना भइसकेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४